लडेर पूर्व वडाध्यक्षको ज्यान गयो
नुवाकोट : रसुवाको पश्चिमी भेगमा रहेको दुर्गम हाकुको भीरबा लडेर पूर्व वडाध्यक्षको ज्यान गएको छ। आफन्तको घेवाबाट फर्कने क्रममा चिप्लिएर लड्दा आमाछोदिङ्मो गाउँपालिका-१ नेसिङमा साविकको हाकु गाविस-२ का पूर्व वडाध्यक्ष तेम्पाधार्के तामाङको मृत्यु भएको रसुवा प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।भीरबाट लडेका तामाङको शव क्षतविक्षत अवस्थामा भेटिएको रसुवा प्रहरी प्रहरी मुख सन्तोष तामाङले जानकारी दिए।