काठमाडौं जिल्ला अदालतका खरदार घुससहित पक्राउ
काठमाडौं : जिल्ला अदालत काठमाडौंमा कार्यरत डिठ्ठा (खरिदार) विदुर पोखरेल घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग १० हजार घुस लिदैँ गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरेललाई पक्राउ गरेको हो।
उनलाई नियन्त्रणमा लिएर भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुने अख्तियारले जनाएको छ।पोखरेलविरूद्ध विषेश अदालतमा मुद्दा दायर गरिएको छ।