राष्ट्रियसभाका अध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हाउ यानकीले शिष्टाचार भेटघाट गरेका छन्। सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सोमबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यानकीलाई नेपालको लागि चिनियाँ राजदूतमा नियुक्ति भएकोमा बधाई व्यक्त गरेका हुन्।

उक्त शिष्टाचार भेटमा अध्यक्ष तिमिल्सिनाले चीनले गरेको तिब्र आर्थिक बृद्धिबाट नेपालले फाइदा लिनसक्ने बताए। ‘नेपालको सामाजिक, आर्थिक विकासमा चीनले प्रदान गर्दै आएको सहयोगका लागि कृतज्ञ छौं,’ उनले भने, ‘नेपालमा आगामी मार्च हुने लगानी सम्मेलनमा पनि चीनबाट उच्च लगानीको प्रतिबद्धता आउने अपेक्षा राखेका छौं।’

अध्यक्ष तिमिल्सिनाले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी हुने प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै यसबाट नेपाल र चीनबीच आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा राखे। ‘दुई देशबीच रेलमार्ग विकास गर्ने योजनामा चीनको साथ र तत्परताको प्रशंसा गर्दछु,’ उनले भने, ‘केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग, आर्थिक रुपले निकै महत्वपूर्ण कोरला नाका लगायत अन्य थुप्रै नाका छिट्टै खुल्नेमा आशावादी छौं।’

नेपालको संघीय संसदमा प्रतिनिधिसभाका सदस्य सुभाषचन्द्र नेम्बाङको संयोजकत्वमा नेपाल–चीन मैत्री समूह गठन भएको जानकारी गराउँदै उनले यसले दुई देशका संसदबीचको सम्बन्ध तथा अभ्यासलाई मजबुद बनाउने विश्वास व्यक्त गरे। भेटका नवनियुक्त चिनियाँ राजदूत यानकीले नेपालले लिएको एक चीन नीतिको प्रशंसा गर्दै दुई देशबीचको दौत्य सम्बन्ध आगामी दिनमा अझ प्रगढ हुने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.