भरतको ह्याट्रिकले आर्मी सेमिफाइनलमा

भरतको ह्याट्रिकले आर्मी सेमिफाइनलमा

वीरगन्ज : कप्तान भरत खवासको ह्याट्रिकसँगै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब वीरगन्जमा जारी दोस्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार नारायणी रंगशालामा भएको खेलमा आर्मी क्लबले बारा सिमराको नव जनजागृती युवा क्लबलाई ३–० गोलले पराजित गर्दैै अन्तिम चारको यात्रा तय गरेको हो ।

आर्मीका लागि तीनवटै गोल कप्तान खवासले गरेका थिए । खेल सुरु भएको ४३ औं मिनेटमा खवासले गोल गरेपछि पहिलो हाफमा आर्मीले १–० को अग्रता लिएको थियो ।

दोस्रो हाफको तेस्रो मिनेटमा मिड फिल्डबाट सिमराका तीनजना खेलाडीलाई छल्दै एक्लै बल लिएर अगाडि बढेका खवासले प्रहार गरेको बलले विपक्षीको गोलपोष्टको जाली चुमेपछि आर्मीले २–० को अग्रता बनायो ।

दोस्रो हाफको ३४ औं मिनेटमा सिमराको डिबक्स एरियाभित्र सिमराका कप्तान सुनील राउतले आर्मीका कप्तान खवासलाई पछाडिबाट ट्याकल गरेर लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमा कप्तान खवासले प्रहार गरेको बल गोलमा परिणत भएपछि आर्मीले सिमरा माथि ३–० को सहज जित हात पारेको हो ।

सिमराका खेलाडीमाथि नेपाली सेनाको टोली एक पक्षीय रुपमा हाबी भएको यस खेलमा ह्याट्रिक गरेका खवास नै म्यान अफ दी म्याच घोषित भए । सोमबारको जितसँगै सेमिफाइनलमा प्रवेश गरेको आर्मीले फाइनल प्रवेशका लागि मङगलबार हुने झापा ११ र भारत सिलीगुरीका रोयल एफसी बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

जारी प्रतियोगितामा आयोजक वीरगन्ज ११ र सशस्त्र प्रहरीको एपिएफ क्लबले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । वीरगन्जका पूर्व राष्ट्रिय फुटबल खेलाडी विशालजंग राणको स्मृतिमा विशाल मेमोरियल फाउण्डेशनले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरि कुल ७ टीमको सहभागिता छ ।

माघ ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टीमले कप सहित नगद पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल एक थान र प्रत्येक खेलका म्यान अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.