दुई अस्पताल खारेजीको तयारी, आन्दोलन गर्ने कांग्रेसको चेतावनी

दुई अस्पताल खारेजीको तयारी, आन्दोलन गर्ने कांग्रेसको चेतावनी

काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसभापतिको नाममा स्थापित अस्पताललाई सरकारले विघटन गर्न खोजेको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताललाई सरकारले विघटन गर्न खोजेको उनको भनाइ छ । गिरिजाको नाममा तनहुँ र सुशीलको नाममा बाँकेमा अस्पताल सञ्चालनमा छन् । सरकारले विघटनका लागि सम्बद्ध अस्पतालमा सरकारले चिठीसमेत पठाइसकेको उनको भनाइ छ ।

दुवै अस्पताल विघटनको खेलमा नेकपा अध्यक्ष एवं केपी ओली नेतृत्वको सरकार लागेको भन्दै सोमबार पौडेलले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरे । र अस्पताल विघटन भए कांग्रेसले संसद्देखि सडकसम्म आन्दोलन गर्ने उनले चेतावनी पनि दिए ।

मन्त्रिपरिषद् बैठकले तनहुँस्थित सामुदायिक अस्पताललाई गिरिजाप्रसाद कोइरालाको नाममा प्रतिष्ठान बनाउने निर्णय गरेको थियो । त्यति बेला तत्कालीन एमालेका माधवकुमार नेपाल प्रधानमन्त्री थिए । तनहुँमा स्थापित अस्पताललाई श्वासप्रश्वास प्रतिष्ठानका रूपमा विकास गरिएको छ ।

सुशील कोइराला नेतृत्वको सरकारको पालामा ०७२ सालमा दोस्रो संविधानसभाबाट नयाँ संविधान बनेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा बाँकेमा अस्पताल निर्माण सुरु गरिएको थियो । सुशील कोइरालाको क्यान्सरका कारण मुत्यु भएपछि उनको नाममा स्थापित अस्पताललाई क्यान्सर प्रतिष्ठानका रूपमा विकास गर्न लागिएको थियो । ‘माघ ४ गते संसद् बैठक बस्दै छ’, उनले भने, ‘त्यति बेलासम्म पनि सरकारले निर्णय नसच्याए हामी सदन र सडक दुवैमा आन्दोलन गर्नेछौं ।’

प्रधानमन्त्रीले मंगलबार भेट्ने कुरा गर्नुभएको छ, त्यति बेला निर्णय सच्याउन आग्रह गर्छु । रामचन्द्र पौडेल, वरिष्ठ नेता, कांग्रेस

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयले सिफारिस गरेका ११ मध्ये ९ ओटा अस्पताललाई संघीय सरकार मातहात राख्ने निर्णय गरेको थियो । तर कांग्रेसका दुई सभापतिका नाममा सञ्चालित अस्पतालका विषयमा कुनै निर्णय नगरी तिनलाई विघटन गर्नेतिर सरकार लागेको पौडेलले बताए ।

यस विषयमा कांग्रेसले सोमबार नै प्रधानमन्त्रीलाई भेटेर आपत्ति जनाउने तयारी गरेको थियो । तर प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको कार्यव्यस्तता देखाउँदै भेट्ने वातावरण मिलाएन । सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि काठमाडौंबाहिर रहे पनि वरिष्ठ नेता पौडेलले सोमबार नै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराउन खोजेका थिए । ‘प्रधानमन्त्रीले मंगलबार भेट्ने कुरा गर्नुभएको छ, त्यति बेला निर्णय सच्याउन आग्रह गर्छु’, उनले भने ।

यसअघि कांग्रेस नेतृत्वको सरकारले बीपी कोइराला प्रतिष्ठानलाई दुई करोड दिँदा मनमोहन प्रतिष्ठानलाई सात करोड रुपैयाँ पौडेलले बताए । तर नेकपा नेतृत्वको सरकार भने सामान्य राजनीतिक संस्कारबाट समेत च्युत हुँदै गएको उनको आरोप छ ।

सरकारको निर्णय नसच्चिए कांग्रेसले कडा कदम चाल्ने युवा नेता प्रदीप पौडेलले पनि चेतावनी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.