माघी पर्वमा युवा-युवतीकाे आकर्षण (फोटो फिचर)
काठमाडौं : आज माघ १ गते । माघे संक्रान्ति अर्थात् माघी पर्व । नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्वको रुपमा मनाउने गर्छन् । खासगरी थारु समुदायमा यो पर्वलाई नयाँ वर्षकै रुपमा मनाइन्छ ।
यस पर्वको अवसरमा देशभरका थारु युवायुवती सामुहिक रुपमा नाचगान गर्छन् । साथै मिठा परिकार खाने चलन पनि छ । काठमाडौंमा भने सामुहिक रुपमा पर्व मनाउने चलन नयाँ नै हो । तै पनि नयाँ पुस्ताको पनि संलग्नता र आकर्षणले माघी पर्वलाई झनै आकर्षक बनाएको छ । काठमाडौंको चुच्चेपाटीमा मनाइएको माघी पर्वका आकर्षक तस्बिरहरु :