नुवाकोटमा यसरी जुधाइयो गोरु (फोटो फिचर)
नुवाकोट : माघे संक्रान्तिका अवसरमा नुवाकोटमा गोरु जुधाइ मेला आयोजना गरिएको छ। यस वर्ष नुवाकोटमा ४७ हल जुधाएको हो। माघे संक्रान्तिमा तारकेश्वर गाउँपालिका-२ स्थित तारुकाको चन्दनी, विदुर नगरपालिका-१० बेत्रावती र पञ्चकन्या गाउँपालिकाको घलेभञ्ज्याङमा ४७ हल गोरु जुधाएको हो ।
सदरमुकाम विदुरदेखि २५ किलोमिटर दक्षिणमा रहेको तारुका चन्दनीमा यसवर्ष २३ हल गोरु जुधाइएको छ। त्यसमध्ये १० हल गोरुको जुधाई विशेष प्रकृतिको भएको आयोजक तारुका गोरु जुधाई मेला वयवस्थापन समितिका अध्यक्ष शिवबहादुर अधिकारीले बताए ।
मेलामा विजेता हुने गोरु धनीले ६ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेता हुनेले ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्। 'तारुकाको पौरख नेपालको गौरव' मूल नाराका साथ परापूर्वकालदेखि नै मनाउँदै आइएको यो पर्वको ऐतिहासिक महत्व भएको स्थानीय बताउँछन्। तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक मिति नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो २०० सय वर्ष पुरानो मानिन्छ।