धादिङको खाल्टे र धुवाँकोटमा पनि गोरु जुधाइयो

धादिङको खाल्टे र धुवाँकोटमा पनि गोरु जुधाइयो

धादिङ : माघे संक्रान्तिको अवसरमा धादिङका विभिन्न गाउँमा अघिल्ला वर्ष झैँ गोरु जुधाइएको छ ।

यस वर्ष पनि धादिङको खाल्टे र धुवाँकोटमा पनि महोत्सवकै रुपमा गोरु जुधाउने कार्यक्रम गरियो । ४ वर्षयता हरेक माघ १ गते चमेरे गुफा संरक्षण समाजले सांस्कृतिक पर्वको महत्व दिँदै गोरु जुधाउने महोत्सव आयोजना गर्दै आएको हो ।

यस वर्षको गोरु जुधाउने महोत्सव उद्घाटनका लागि कृषिमन्त्री चक्रमाणी खनाल हेलिकप्टर चार्टर गर्दै धादिङको खाल्टे पुगेका थिए । फराकिलो बारीको पाटोमा गाउँका बलिया साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाउने चलनलाई पर्वकै रुपमा मनाइएको हो ।

रसुवाको बेत्रावती नेपाल र तिब्बतबीचको भोट युद्धको सन्धि भएको स्थलमा मान्छेहरु पशु झैँ झगडा गर्न हुन्न भन्ने सन्देश दिनका लागि गोरु जुधाइने प्रचलन सुरु भएको स्थानीय अगुवा बताउँछन् ।

अर्कोतर्फ बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्न गोरु जुधाएको र त्यही बेलादेखि यो परम्परालाई निरन्तरता दिइएको किम्बदन्ति पनि छ । यकिन ऐतिहासिक प्रमाण नभेटिए पनि गोरु जुधाई परम्परा २ सय वर्षभन्दा पुरानो मानिन्छ ।

यही विश्वासका आधारमा रसुवा, नुवाकोट र धादिङमा माघे संक्रान्तिको दिन गोरु जुधाउने परम्परा चल्दैआएको हो । खाल्टेमा आयोजना गरिएको गोरु जुधाउने महोत्सवमा १० हल गोरु जुधाइएको थियो । साथमा हास्य कलाकारहरुले आफ्नो प्रस्तुतीको माध्यमबाट मनोरन्जन दिएका थिए ।

धुवाँकोटमा भने १२ हल गोरु जुधाइयो । पहिले छिमेकीहरुले संक्रान्तिको दिन भोज भतेर गरेर रमाइलो मनाउन गोरु जुधाइने गरेको भए पनि महोत्सव नै गरेर गोरु जुधाउन थालिएपछि यसको महत्व बढेको ९२ वर्षीय स्थानीय विष्णु प्रसाद ढुङ्गाना बताउँछन् । गोरु जुधाइमा बिजेता गोरुको मालिकले पुरस्कार समेत पाउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.