हुम्देमा आइस क्लाइम्बिङ फेस्टिवल

हुम्देमा आइस क्लाइम्बिङ फेस्टिवल

काठमाडौं  : मनाङको हुम्देमा नेपालमै पहिलो पटक ‘आइस क्लाइम्बिङ फेस्टिवल’ आयोजना हुने भएको छ । साहसिक पर्यटनको मुख्य आकर्षण मानिने आइस क्लाइम्बिङको प्रवद्र्धन गर्न ११ दिने फेस्टिवल आयोजना गर्न लागिएको हो । नेपाल क्लाइम्बिङ टिम नामक संस्थाले मनाङको हुम्देमा माघ १८ देखि २९ सम्म फेस्टिवल आयोजना गर्नेछ ।

अन्नपूर्ण हिम शृंखलाअन्तर्गत रहेकोे तीन हजार दुई सय मिटरको हुम्दे आइस क्लाइम्बिङको मुख्य हब रहेको आयोजकको दाबी छ । पर्यटन क्षेत्रको विकासमा आइस क्लाइम्बिङ मुख्य खेल भएको दाबी गर्दै कार्यक्रममा आइस क्लाइम्बिङ कोर्स, फोटोग्राफी, एडभेन्चर फिल्म प्रदर्शनी र स्थानीय जातजातिका संस्कृति प्रदर्शन गरिने संस्थाका प्रमुख विनायक जय मल्लले बताए ।

भ्रमण वर्ष—२०२० सफल बनाउन नयाँ कार्यक्रमको रूपमा आइस क्लाइम्बिङ फेस्टिवल आयोजना गरेको मल्लको भनाइ छ । हुम्देलाई आइस क्लाइम्बिङ स्पोर्ट्स स्थलको रूपमा विकास गर्ने, नेपाललाई आइस क्लाइम्बिङ हबको रूपमा विश्वमै परिचित गराउने, एडभेन्चर (साहसिक) खेलको विकास गर्ने, आइस क्लाइम्बिङको प्रशिक्षण दिने, साहसिक खेलप्रति आकर्षण बढाउने, आइस क्लाइम्बिङका प्रतिस्पर्धी उत्पादन गरी देश तथा विदेशमा प्रतिस्पर्धा गराउने लक्ष्य कार्यक्रमको रहेको छ ।

पर्वतारोहण पथ प्रदर्शकहरूको समूहले स्थापना गरेको ‘नेपाल क्लाइम्बिङ टिम’ नामक संस्थाले आफ्नै पहलमा पहिलो पटक फेस्टिवल आयोजना गर्न लागेको हो ।

अन्नपूर्ण हिम शृंखला हुँदै अन्नपूर्ण २ र ३ हिमालबाट बगेर आएका १५ वटाभन्दा बढी झरनामा आइस क्लाइम्बिङ गराइनेछ । मंसिरको अन्तिमदेखि फागुनको सुरुआतसम्म यी झरना जमेर बरफ बन्छन् र प्रशस्त मात्रामा क्लाइम्बिङ अवशर मिल्छ ।

आइस क्लाइम्बिङको आधारभूत, एड्भान्स तालिम गर्न ‘होम्दे’ उपयुक्त गन्तव्य बनेको छ । काठमाडौंदेखि एक दिनको सडक यात्रामा पुगिने ‘होम्दे’ क्लाइम्बिङ गर्न सस्तो, प्रभावकारी र उपयुक्त गन्तव्य भएको संस्थाका सदस्य विष्णु तामाङले बताए । चार वर्षको प्रयासपछि विनायकको टिमले हुम्देलाई आइस क्लाइम्बिङ गन्तव्यको रूपमा पत्ता लगाएको थियो ।

पाँच सयदेखि एक हजार मिटरभन्दा लामो र तीनदेखि पाँच स्तर (डब्लूआई ३ देखि डब्लूआई ५ सम्म) अथवा ६० देखि सय डिग्री उचाइसम्म झरनामा क्लाइम्बिङ गर्न पाइनेछ । हुम्देमा क्लाइम्बिङका लागि तीनदेखि पाँच तहको स्तर रहेको छ ।

हुम्देको तापक्रम न्यूनतम माइनस २० देखि पाँच डिग्री सेल्सियससम्म हुने गर्छ । हिउँ बन्चरो, क्रम्पन, डोरी, जुक्ता र हेल्मेटको सहारामा आइस क्लाइम्बिङ गर्ने गरिन्छ । आइस क्लाइम्बिङमा लिड, मल्टिपिच, मिक्स गरी तीन प्रकारले क्लाइम्बिङ गर्ने गरिन्छ । ‘होङदे’ सँगै सोलुखुम्बुको कोङ्दे र दोलखाको गौरीशंकर क्षेत्र आइस क्लाइम्बिङको मुख्य गन्तव्य हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.