हुलाकी सडकको अतिक्रमण हटेन

हुलाकी सडकको अतिक्रमण हटेन

सिरहा : प्रधानमन्त्री भएका बेला गत वर्ष नेकपाका अध्यक्ष पुष्पकमल दाहालले हुलाकी सडक सिरहाखण्ड शिल्यानास गरेका थिए। तोकिएको समयमा काम पूरा हुने विश्वाससहित। तर, निर्माण थालेको एक वर्ष बिते पनि माटोको कामसमेत पूरा भएको छैन। सडकमा पर्ने बस्ती पनि हटाइएको छैन। कल्भर्टको काम पनि अधुरै छ।

हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादव गुनासो गर्छन्, ‘एक वर्षमा माटोको काम सकेन, कहिले कल्भर्ट बन्छ र कहिले कालोपत्रे हुन्छ’, उनले थपे, ‘समयमै काम पूरा गराउन यस भेगका स्थानीयले सरकार र निर्माण कम्पनीलाई दबाब दिनु आवश्यक छ।’ आफूहरूले सुरु गरेको रिले अनशन बलान र कमला पुलको लागि मात्रै नभएको उनले बताए। सडक पनि समय पूरा हुनुपर्ने उनले बताए।

हुलाकी सडकमा जसोतसो काम भए पनि ठाउँठाउँमा अतिक्रमण, मन्दिर र पार्कले निर्माण भइरहेको अर्नमा गाउँपालिका ५ का रामबाबु बताउँछन्। सडकमा बनेका अतिक्रमित बस्ती नहटे हुलाकी सडक नबन्ला कि भन्ने चिन्ता उनले व्यक्त गरे। ‘हामीलाई सडक निर्माण गर्न जिम्मेवारी दिएको हो’, निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जिनियर चन्द्रनारायण यादवले भने, ‘अवरोध आएन भने तोकिएको समयभित्रै सक्छौं।’ बस्तीबाहेक क्षेत्रमा ७० प्रतिशत माटोको काम भइसकेको उनको दाबी छ। बस्तीमा माटोको काम बाँकी रहेको उनले सुनाए। ‘सडक डिभिजन कार्यालयले बस्तीको लागत पनि उठाएको छैन, खाली गराउने चिठी पनि दिएको छैन’, उनले भने,‘अवरोधको रूपमा बस्ती मात्रै देखिएको छ।’

१ सय २० कल्भर्टमध्ये ६० वटाको काम पूरा भइसकेको र बाँकीको फाल्गुन मसान्तभित्रै पूरा हुने उनले बताए। उनका अनुसार माटो सुकेपछि ग्राभेल हाल्ने काम हुन्छ। अहिले ग्राभेल स्टोक भइरहेको छ। ‘माटो सुकेर डेनसिटी पुगेपछि ग्राभेल हाल्छौँ’, उनले भने, ‘सयम सडक निर्माण पूरा हुन बस्ती चाडैं सार्नपर्छ।’

सिरहा खण्डमा ८ वटा बस्ती सडकछेउमा पर्छन्। त्यहाँ कतै सडक साँघुरो हुने गरी अतिक्रमण भएको छ भने कतै सडकको बीच भागमै स–साना मन्दिर र पार्क निर्माण गरिएका छन् । हुलाकी मार्गको अतिक्रमण र अवरोध हटाउन सरकारी निकायले भने चासो लिएको देखिँदैन।

सिरहाअन्तर्गत बलानदेखि कमला नदीसम्मको २९.८८ किलोमिटर खण्डमा तीन वर्षभित्र हुलाकी सडक निर्माण गर्न ठेकेदार कम्पनीले गत वर्ष माघ २४ गतेबाट काम सुरु गरेको थियो। ११ मिटर चौडाइ भएको कालोपत्रे सडक निर्माणका लागि स्वच्छन्द–रोशन–महादेव खिम्ती जेभी कम्पनीसँग १ अर्ब २० करोड २० लाख रुपैयाँमा ठेक्क सम्झौता भएको हो। पुरानो, जीर्ण भएका र बन्न बाँकी गरी १ सय २० कल्भर्ट उक्त सडक खण्डमा निर्माण गरिनेछ। कम्पनीले सिरहाको बरियारपट्टी–खोक्सी र औरहा–गणेशपुर गरी दुई खण्डबाट हुलाकी सडकको निर्माण थालेको छ  ।

हुलाकी सडक निर्माणपछि सिरहाको दक्षिणवर्ती भगवानपुर, ठाडी, इनरुवा, नवराजपुरलगायत चार दर्जन बस्तीका बासिन्दालाई सदरमुकाम आवतजावतमा सहज हुनेछ। हुलाकी सडक जीर्ण भएकै कारण ती क्षेत्रका बासिन्दा वर्षामा लहान हुँदै ६० किलोमिटर फन्को मारेर सिरहा बजार पुग्न बाध्य छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.