मृत्युपछि अस्पतालमा तनाब

मृत्युपछि अस्पतालमा तनाब

राजविराज : उपचारका क्रममा बिरामीको बुधबार मृत्यु भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ।

बुधबार बिहान उपचारका लागि भर्ना भएका छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीका ५० वर्षीय सहदेव सदाको मृत्यु भएपछि बिरामीका आफन्त, विद्यार्थी र युवाले प्रदर्शन गर्दा अस्पताल तनावग्रस्त बनेको हो। अस्पताल परिसरमा प्रदर्शन भएपछि स्वास्थ्य सेवा समेत प्रभावित भएको छ। 

बिहान ४ बजे अस्पताल ल्याइएका सदाको बिहान ७ बजे मृत्यु भएपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप आफन्तले लगाएका छन्। 

नेपाली कांग्रेस सम्बद्ध नेविसंघ र तरुण दलका पदाधिकारीले प्रदर्शनको नेतृत्व गरेका छन्। प्रदर्शनकारीले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, स्वास्थ्य मन्त्रीले राजीनामा दिनुपर्ने, लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग उनीहरुले अघि सारेका छन्। 

राजविराज नगरपरिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा डेलिगेशनसमेत गएका प्रदर्शनकारीले पुनः अस्पताल परिसरमा पुगी प्रदर्शन जारी राखेका छन्। 

हातखुट्टा दुखेर अस्पताल भर्ना भएका सदालाई सुई लगाएर स्लाइन चढाएपछि मृत्यु भएको छोरी बिनकलादेवी सदाको आरोप छ। 

अस्पतालबाहिर जम्मा भएका प्रदर्शनकारीले नाराबाजी गर्दै माग पूरा नभएसम्म शवको पोष्टमार्टम गर्न नदिने बताएका छन्। 
प्रदर्शनको नेतृत्व नेविसंघका नेता एवं राजविराज नगरपालिका ५ का वडा सदस्य पार्थो सरकार, तरुण दलका सिताप्रसाद यादव र फिदा हुसेनले गरिरहेका छन्।

तनाव साम्य पार्न जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालको कमान्डमा अस्पतालको सुरक्षा व्यवस्था कडा बनाइएको छ। 

प्रहरीसँग प्रदर्शनकारीको ठेलमठेल भएपछि हुलदंगा मच्चिएको छ। प्रदर्शनपछि अस्पतालका आकस्मिक विभागका केही कर्मचारी सेवा बन्द गरी बाहिरिएका छन्।

डा. रन्जित झाले उपचार गर्दागर्दै भएको मृत्युप्रति दुःख व्यक्त गरेका छन्। उपचार गरेकै कारण मृत्यु भएको भ्रम फैलाएर चिकित्सकले बिरामी नै हेर्न नपाउने अवस्था सिर्जना हुने उनको भनाइ छ।

यसअघि गत असोज ६ गते सप्तरीको रुपनी गाउँपालिका ६ वीरेन्द्र बजार निवासी अशोक साहका डेढ वर्षीय छोरा सिद्धार्थको उपचार नगरी मृत घोषणा गरेको भन्दै उनका आफन्त र स्थानीयले अस्पतालको पोष्टमार्टम कक्ष र आकस्मिक कक्षमा तोडफोड गरेका थिए।

राजविराज नगर प्रमुख शम्भुप्रसाद यादवको संयोजकत्वमा गठित छानबिन समितिले मृत भइसकेपछि ल्याइएका बालकलाई जिउँदै भनी भ्रम सिर्जना गरी तोडफोड गर्ने दोषीलाई कारबाही गर्न सिफारिश गरेको थियो। प्रहरी प्रतिवेदनका आधारमा राजविराज नगरपालिका ४ का ओमप्रकाश सेठलाई आवश्यक वस्तु तोडफोडको आरोपमा पक्राउ गरी कारबाही गरिएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.