प्रश्न उठाउने कार्यकर्तालाई कारवाही गर्ने हो भने पार्टी नै सकिने जोशीको चेतावनी

प्रश्न उठाउने कार्यकर्तालाई कारवाही गर्ने हो भने पार्टी नै सकिने जोशीको चेतावनी

तनहुँ : नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले पार्टी बिग्रन नदिन बाध्य भएर संघर्षमा उत्रनुपरेको बताएका छन् । दमौलीमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले पार्टी नेतृत्वको व्यवहारबाट विक्षिप्त नेता कार्यकर्ताको आवाजलाई आफूले मुखरित गरेको जिकिर गरे ।

‘यति धेरै नेता कार्यकर्ता नेतृत्वबाट असन्तुष्ट भएपछि नेतृत्वले सम्बोधन गर्नुपर्दैन ?,’ उनले भने, ‘कार्यकर्तामाथिको अपमान हुन नदिन संघर्षमा उत्रनुपरेको हो ।’ पत्रकार सम्मेलनमा माघ ८ गतेका लागि तय गरिएको विशेष अधिवेशन आयोजनाको औचित्य पुष्टि गर्न अधिकांश समय खर्चिएका नेता जोशीले नेतृत्वप्रति प्रश्न उठाउँदैमा सबै नेता कार्यकर्तामाथि कारबाही गर्दै गए पार्टी नै सकिने अवस्था आउने चेतावनी दिए ।

‘नेतृत्वले आफ्नाविरुद्ध उठेका प्रश्नको समाधान गर्नुको साटो कारबाहीको नीति लिएमा त्यो घातक हुनेछ,’ उनले भने । वर्तमान नेतृत्वलाई एकपक्षीय भन्दै पार्टी सही ढंगबाट अघि बढ्न नसक्ने नेता कार्यकर्ताको निष्कर्ष आएपछि पार्टीभित्रै संघर्ष गर्नु आफ्नो बाध्यता रहेको जोशीले बताए । ‘धेरै दुःख गरेर तनहुँमा मैले कांग्रेसको संगठन गरेको हो,’ जोशीले भने, ‘अब पार्टी नै संकटमा पर्ने र कार्यकर्ता नै बाहिरिने स्थिति आएपछि संघर्ष रोजेका हौँ ।’

अब आत्मसमर्पण गरेर कांग्रेस छाड्ने वा संघर्ष गर्ने विकल्प रहेको भन्दै उनले आफूहरु दोश्रो विकल्प रोजेको बताए । उनले वर्तमान कार्य समितिको विघटन गरेर सबैको भावना समेट्ने गरी नयाँ समिति गठन हुने अवस्था नआउँदासम्म पार्टी संगठन बलियो नहुने टिप्पणी गरे । विगतमा पार्टी स्थापनादेखि नै आफूले हरेक पटक पार्टी र नेता रामचन्द्र पौडेलको सहजताका लागि क्षेत्र बदल्नेदेखि हरेक कुरामा चुप लागेर बसे पनि अहिले कार्यकर्ताकै अपमान भएपछि पार्टीकै लागि संघर्षको बाटो लिएको नेता जोशीले दाबी गरे ।

पत्रकार सम्मेलनमा मागका विषयमा नेतृत्वले पहल गरेको छ कि छैन भनी सोधिएकोमा नेता जोशीले केन्द्रमा माग बारे जानकारी गराउँदा पहल गर्छु भने पनि पार्टी सभापति, महामन्त्री वा जिल्ला तथा केन्द्रका कसैले पहल नगरेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.