अन्नपूर्णका प्रधान सम्पादक थापालाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

अन्नपूर्णका प्रधान सम्पादक थापालाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार

काठमाडौं : सम्पादक समाज नेपालले यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०७५’ अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक हरिबहादुर थापालाई प्रदान गर्ने भएको छ ।

यस्तै ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार–२०७५’ ईमेज च्यानल टेलिभिजनका समाचार सम्पादक डिल्लीराम बसेललाई प्रदान गरिने भएको छ ।

सम्पादक समाज नेपालले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । यस्तै वरिष्ठ पत्रकार हरिहर विरही र रघुजी पन्तलाई ‘वरिष्ठ पत्रकार’बाट सम्मानित गर्ने निर्णय गरेको पनि बताइएको छ ।

सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएका पुरस्कारको राशी क्रमशः २५,००१।— र १५,००१।— रहेको छ ।
उक्त पुरस्कार तथा सम्मान अघिल्ला वर्ष झैँ यस वर्ष पनि गोविन्द वियोगीको स्मृति दिवसको अवसरमा हस्तान्तरण गरिने छ ।

१४ औं गोविन्द वियोगी स्मृति दिवसको अवसरमा यही माघ ५ गते शनिबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुरस्कार तथा सम्मान प्रदान गर्ने कार्यक्रम रहेको समाजका महासचिव श्याम डोटेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.