सप्तरीमा प्रहरी हवल्दारमाथि गोली प्रहार

सप्तरीमा प्रहरी हवल्दारमाथि गोली प्रहार

राजविराज : सप्तरीमा बुधबार राति प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।

मोटरसाइकलमा आएको समूहले प्रहार गरेको गोलीले गम्भीर घाइते भएका प्रहरी हवल्दार यादवलाई उपचारका लागि तत्कालै विराटनगरस्थित न्युरो अस्पताल पठाइएको सप्तरी प्रहरीले जनाएको छ। 

कम्मरभन्दा माथि गोली लागेर ढलेका प्रहरी चौकी विसनपुरका प्रहरी हवल्दार यादवको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका हवल्दारमाथि अज्ञात समूहले राति ८:१५ बजे गोली प्रहार गरी फरार भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए।

मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरी बोदे बर्साइनतर्फ फरार भएको बताइएको छ। घटनास्थलमा सशस्त्र समूह प्रगतीशिल तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ। 

घटना लगत्तै प्रहरी उपरीक्षक विष्टसहितको टोली घटनास्थल पुगेको छ। खोजीकार्यका लागि व्यापक प्रहरी परिचालन गरिएको छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.