युभेन्ट्सलाई कीर्तिमानी, आठौं उपाधि : रोनाल्डोले गरे निर्णायक गोल

युभेन्ट्सलाई कीर्तिमानी, आठौं उपाधि : रोनाल्डोले गरे निर्णायक गोल

जेदाह : इटालियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि युभेन्ट्सले जितेको छ। युभेन्ट्सले बुधबार राति खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी एसी मिलानलाई १-० गोलले हराउँदै उपाधि चुमेको हो।

साउदी अरेबियाको जेदाहमा खेलिएको फाइनल खेलमा युभेन्ट्सका लागि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे। प्रतिस्पर्धात्मक खेलको ६१ औं मिनेटमा रोनाल्डोले मिरालेम पिजानिकको पासमा हेडमार्फत आकर्षक गोल गरेका थिए।
युभेन्ट्सले कीर्तिमानी रुपमा आठौं पटक इटालियन सुपर कपको उपाधि जितेको हो। युभेन्ट्सले सन् २०१५ पछि पहिलो पटक उपाधि जितेको हो। अघिल्लो सिजनको उपाधि लाजियोले जितेको थियो। मिलानले भने हालसम्म सात पटक इटालियन सुपर कपको उपाधि जितेको छ। पछिल्लो पटक मिलानले सन् २०१६ मा उपाधि हात पारेको थियो। सन् १९८८ मा पहिलो संस्करणको उपाधि पनि मिलानले नै जितेको थियो।

युभेन्ट्सका लागि जारी सिजनमा रोनाल्डोले गरेको यो १६ औं गोल हो। युभेन्ट्स घरेलु लिग इटालियन सिरिएमा समेत उपाधितर्फ लम्किरहेको छ। इटालियन सिरिएमा १९औं चरणको समाप्तिमा ५३ अंकसहित युभेन्ट्स पहिलो र ४४ अंकसहित नापोली दोस्रो स्थानमा छन्।

फाइनल खेलको ७४ औं मिनेटमा फ्रान्क केसी सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एसी मिलान १० खेलाडीमा समेटिएको थियो। खेलका क्रममा प्याट्रिक कर्टनले गरेको एउटा सक्तिशाली प्रहार क्रसबारमा ठोक्किएपछि एसी मिलान निराश बनेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.