वुमन्स टी-ट्‍वेन्टी क्रिकेट : नेपाल समूह विजेता

वुमन्स टी-ट्‍वेन्टी क्रिकेट : नेपाल समूह विजेता

काठमाडौं : नेपाल थाइल्यान्डमा जारी वुमन्स टी-ट्वेन्टी स्म्यास क्रिकेट प्रतियोगितामा समूह ‘ए’को विजेता टोली बनेको छ। बुधबार भएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा आयोजक थाइल्यान्डको ‘ए’ टोलीलाई नौ विकेटको भारी अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो।

समूहगत चरणका चारमध्ये सबै खेलमा जित हात पारेको नेपालले यसअघि नै सेमिफाइनल यात्रा तय गरिसकेको थियो। नेपालले अब फाइनल प्रवेशका लागि शुक्रबार हुने सेमिफाइनल खेलमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। इन्डोनेसिया समूह ‘बी’को उपविजेता टोली हो, जसले समूहगत चरणको पाँचमध्ये चार खेलमा जित हात पारेको छ।

यस्तै अर्को सेमिफाइनल खेलमा थाइल्यान्डको अर्को टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ। थाइल्यान्ड समूह ‘बी’को विजेता र यूएई समूह ‘ए’को उपविजेता बन्दै प्रतियोगिताको अन्तिम चारमा पुगेका हुन्।

तर्डथाई क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गर्न उत्रिएको थाइल्यान्डको ‘ए’ टोलीलाई नेपालले १५.४ ओभरमा १९ रनको झिनो योगफलमै समेटेको थियो। जवाफमा नेपालले ३.३ ओभरमा मात्रै एक विकेट गुमाएर जित निश्चित गरेको थियो। नेपाली टोलीले थाइल्यान्डले दिएको सामान्य लक्ष्य मात्रै १५ मिनेटमा पार गरेको थियो।

जितका लागि नेपालले बलिङमा सशक्त प्रदर्शन गर्‍यो, जसमा राष्ट्रिय टोलीबाट पहिलो खेल खेलेकी आरती बिडारी एक्लैले चार ओभरमा एक मेडनसहित मात्रै पाँच रन दिएर तीन महत्त्वपूर्ण विकेट लिइन्। उनी उमन अफ दी म्याचसमेत चुनिइन्। उनीबाहेक इन्दु बर्मा र सरिता मगरले दुई/दुई तथा कप्तान रुबिना क्षेत्री बेलबासे, सोनु खड्का र सीता रानामगरले एक/एक विकेट लिँदा थाइल्यान्डको ‘ए’ टोलीका लागि कुनै पनि खेलाडीले व्यक्तिगत पाँच रनसम्म जोड्न सकेनन्।

थाइल्यान्डका लागि मध्यक्रमकी थान्चानोक फोप्लुकले अविजित रहँदै जोडेको चार रन नै घरेलु टोलीका लागि कुनै पनि खेलाडीले जोडेको व्यक्तिगत सर्वाधिक रन रह्यो। नेपालले थाइल्यान्डका पाँच खेलाडीलाई शून्य रनमै आउट गराएका थिए। ब्याटिङतर्फ नेरी थापा पाँच तथा डोली भट्ट दुई रनमा अविजित रहे। प्रारम्भिक ब्याट्सउमन ममताकुमारी चौधरी आठ रनमा आउट भइन्।

प्रतियोगितामा नेपालका लागि विकेटका आधारमा प्राप्त यो दोस्रो ठूलो अन्तरको जित हो। नेपालले यसअघि आफ्नो पहिलो खेलमै चीनलाई १० विकेटको भारी अन्तरले पराजित गरेको थियो। त्यसपछि मलेसिया र यूएईलाई समान ६ विकेटले पराजित गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.