मालढुंगामा बस दुर्घटना : ज्यान गुमाउनेको संख्या ४ पुग्यो

मालढुंगामा बस दुर्घटना : ज्यान गुमाउनेको संख्या ४ पुग्यो

बागलुङ : बागलुङ र पर्वतको सिमाना मालढुंगा नजिकै आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ।

म्याग्दीको बेनी बजारबाट नारायगढ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र अर्का एक जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

मृतकको सनाखत हुन बाँकी छ।

दुर्घटनाका घाइते २२ जनाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ भने ६ जनाको पर्वत जिल्ला अस्पतालमा पठाइएको छ। गम्भीर घाइते भएका मध्ये ६ जनालाई अञ्चल अस्पतालमा सामान्य उपचार पछि पोखरा पठाइएको अस्पतालका निमित्त प्रमुख शैलेन्द्र विक पोखरेलले जानकारी दिए।

दुर्घटनाको कारण तीव्र गति र ओभरलोड भएको यात्रुहरूले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.