सिमरा गोल्डकप आजदेखि, १० टिम सहभागी हुने

सिमरा गोल्डकप आजदेखि, १० टिम सहभागी हुने

सिमरा : मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता रुस्लान सिमरा गोल्डकपको दशौं संस्करण बिहीबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले उद्घाटन  गर्दै छन्।

अखिल नेपाल फूटवल संघ (एन्फा) को क्यालेन्डर अनुसार हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजक नव जनजागृति युवा क्लबले जानकारी दिएको छ। सिमरा रंगशालामा बुधवार पत्रकार सम्मेलनको गर्दै आयोजक क्लबका अध्यक्ष कासिम मियाले प्रतियोगितामा ७ ए डिभिजनर ३ मोफसल गरी १० टिमको सहभागिता रहने जानकारी दिए। 
अध्यक्ष मियाका अनुसार प्रतियोगितामा ए डिभिजनको साविक बिजेता त्रिभुवन आर्मी क्लबसहित रुस्लान थ्रिस्टार क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, सिएमजी संकटा, हिमालयन शेर्पा क्लब, सरस्वती युथ क्लब सहभागिताले जनाउनेछन्। 

आयोजक जनजागृतिसहित मोफलसलको विशाल मेमोरियल फाउण्डेशन र मकवानपुर ११ सहभागी हुने अध्यक्ष मियाले बताए। उद्घाटन खेलमा आयोजक र मकवानपुरबीच प्रतिस्पर्धा हुनेछ। 

विजय डिष्ट्रिलरीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले ६ लाख र उपबिजेताले तीन लाख प्राप्त गर्नेछन्। पुरस्कार राशीमा आयोजकले यस वर्ष ५० हजार वृद्धि गरेको छ। अघिल्लो वर्ष बिजेताले पाँच लाख ५१ हजार र उपबिजेताले दुई लाख ५१  हजार प्राप्त गरेका थिए। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यस वर्ष पनि मोटरसाईकल वा स्कुटर प्रदान गरिने भएको छ। प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिने विधागत पुरस्कार राशीमा यो वर्ष पाँच हजार थप गरिएको छ। 

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, हाई स्कोरर, फरवार्ड र प्रशिक्षकलाई जनही २० हजार प्रदान गरिनेछ। प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार प्राप्त गर्ने महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए। 

उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीमध्ये एकजनालाई उदयीमान खेलाडी घोषणा गर्दै १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ। प्रतियोगितामा सहभागी टिममध्ये १६ वर्षसम्मका एक खेलाडीको हौसला बढाउन उदयीमान खेलाडी चयन गर्न लागिएको महासचिव ठकुरीले जानकारी दिएका छन्। 

३४ जना खेलाडी, अफिसियल, रेफ्री, ग्राउण्ड म्यानको पाँच लाख र ५० जना दर्शकको एक लाखको बिमा गरेको छ। सानिमा जनरल ईन्स्युरेन्सले खेलाडी र दर्शकको बिमा गरेको उपाध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए। 

करिब ७७ लाख अनुमानित बजेट रहेको प्रतियोगिताको सहयोगीको रुपमा राष्ट्रिय खेलकुद परिषद्, एन्फा र जीतपुरसिमरा उपमहानगरपालिका रहेको छ। प्रतियोगिताको सहप्रायोजकमा क्याल ग्रुप अफ ईण्डष्ट्रिज, सूर्य नेपाल प्रालि, जगदम्बा स्टिल्स्, हुला स्टिल्स्, क्लासिक ईण्डष्ट्रिज, बिश्वकर्मा सिमेन्ट लगायत रहेका छन्।

सिमरा गोल्डकप सुरु भएको एक दशक पुगेको अवसरमा उद्घाटन कार्यक्रम भब्य बनाउने तयारी आयोजकले गरेको छ। एक दशक पुगेको अवसरमा प्रतियोगिताको उद्घाटन खेल निशुल्क हेर्ने ब्यवस्था मिलाइएको महासचिव ठकुरीले जानकारी दिए।  

   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.