‘मन्त्री यादव एनजीओको धन्दा गर्छन्’

‘मन्त्री यादव एनजीओको धन्दा गर्छन्’

जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव एनजीओको धन्दामा लागेका सचिव विद्यानाथ झाले आरोप लगाएका छन्। आफ्नो एनजीओलाई कार्यक्रम पारिदन आग्रह गरेको र आफूले नमानेपछि आफूमाथि मन्त्रीले हात हालेको उनले बताए।

सामाजिक सञ्जालमा मन्त्री यादवले चलाउँदै आएको एनजीओको नामबारे उनले लेखेका छन्। मन्त्रीबाट पिटिएपछि आफ्नो बचाउ गर्दै सचिव झाले मन्त्रीको नाममा रहेको एनजीओको नामै उल्लेख गरेका हुन्। सचिव झाले दिएको जानकारीअनुसार सिरहा गोलबजार नगरपालिकामा ‘सहकार्य नेपाल’ नामक एनजीओलाई मन्त्री यादवले बजेट पारिदिन दबाब दिँदै आएका थिए। उक्त एनजीओले कार्यक्रमको आशयपत्र सिरहा र सप्तरीको लागि प्रतिस्पर्धामा फारम भरेको थियो।

बजेट पारिदिएबापत सचिव झालाई उक्त संस्थामा आबद्ध व्यक्तिले फोन नै गरेर आर्थिक प्रलोभनमा पारेको रेकर्ड आफूसँग रहेको सचिव झाले दाबी गरेका छन्। उनले भने, ‘एनजीओको नाम म घटना भएकै दिन खोल्न थाहन्थें, तर मेरो डायरी मन्त्रीज्यूले खोस्नुभएको थियो’, उनले थपे, ‘मेरो ब्याकग्राउन्ड खोतल्नेको आँखा खुलोस् भनेर प्रमाण सुरक्षित राखेको छु।’

मैथिली भाषामा गरिएको कुराकानीमा संस्थाआबद्ध व्यक्तिले सचिवलाई भनेका छन् , ‘पिसिबाला भाग हुन्छ भने मन्त्रीको मान्छे हो भने दिँदैन भनेर नसोच्नु होला।’ प्रतिक्रियामा सचिव झाले भनेका छन्, ‘मलाई एकसुको चाहिदैन, यी कुरामा मेरो रुचि छैन, यस्ता कुरा मेरा अगाडि नगर्नुहोला, तपाईंको संस्थाले ठूलै सिफारिस पाएकोले मेरो ध्यान गएको छ।’

प्रपोजल दिए पनि आफ्नो संस्था छनोटमा भने नपरेको संस्थाका अध्यक्ष विलक्षण महराले अन्नपूर्णसँग बताए। उनले भने, ‘मेरे कसैसँग कुरा भएको छैन्, हाम्रो संस्था गरिब छ, कसरी छनोटमा पर्छ, मन्त्रीज्यूसँग कुनै भेटघाट पनि भएको छैन, पहुँच र पैसाको आधारमा कार्यक्रम पर्छ। प्रदेशस्तरमा कार्यक्रम पार्न पहुँच चाहिन्छ।’

वातावरण मन्त्रालयले मंसिर दोस्रो साता लघु उद्यम कार्यक्रमको लागि एनजीओसँग आशयपत्र मागेको थियो। मंसिर २३ र २४ गते प्रदेशका आठै जिल्लामा प्रस्ताव खोलिएको थियो। ४० वटा आशयपत्र खोलिएकोमा १ सय ९३ वटाले प्रपोजल हालेका थिए। जसमध्ये मन्त्रालयको छनोटमा ४६ वटा परेको छ। जसमा मन्त्री र नेताहरूले दबाब दिएका एनजीओहरू सचिव झाको छनोटमा नपरेपछि विवाद बल्झेको हो।

कर्मचारी आन्दोलनमै

सचिव कुटपिट गरेको भन्दै विरोधमा उत्रिएका प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री यादवलाई कारबाहीको मागलाई निरन्तरता दिएका छन्। दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र कर्मचारीले काम गर्ने सहज वातावरण हुनुपर्ने उनीहरूको माग कायमै छ। आफूहरूको मागप्रति मुख्यमन्त्री लालबाबु राउत गम्भीर नभएको भन्दै कालोपट्टी बाँधेर दैनिक १ घण्टा पेन डाउन गरेका थिए।

सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्ने नेपाली कांग्रेस धनुषाले पनि माग गरेको छ। मन्त्री यादवको क्रियाकलाप लोकतन्त्र र विधिको शासनविपरीत भएको कांग्रेसले उल्लेख गरेको छ। बुधबार प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य नवेन्द्रनाथ जोशी र धनुषाका सभापति महेशशंकर गिरीले मन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने माग गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.