बजेटमा जनप्रतिनिधिको मस्ती !

बजेटमा जनप्रतिनिधिको मस्ती !

धरान : धरान उपमहानगरपालिकाका जनप्रतिनिधि एकपछि अर्को गर्दै विदेश भ्रमणमा निस्कने गरेका छन्। स्थानीय निर्वाचनबाट विकासको आस गरेका धरानवासी जनप्रतिनिधिको काम देखेर वाक्क छन्।

मेयर तारा सुब्बाको निधनपश्चात् उपमेयर मञ्जु भण्डारीले कार्यवाहक सम्हालेकी छन्। तर, धरानको विकासमा उनको ध्यान जान नसकेको स्थानीयले गुनासो गरेका छन्। आफ्ना मान्छेलाई लिएर विदेश पटक पटक विदेश सयरमा जाने गरेको भन्दै उनको तीव्र आलोचना हुने गरेको छ। बुधबार कार्यवाहक भण्डारीकै नेतृत्वमा ३० जनाको जम्बो टोली तीनदिने भारत भ्रमणमा निस्किएको छ।

भ्रमणबापत उपमहानगरको लेखाशाखाबाट वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाले तीन लाख ४० हजार रुपैयाँ निकालेका छन्। उपमहानगरले ३० जनाको टोलीलाई उक्त रकम लेखाशाखाले उपलब्ध गराएको लेखाअधिकृत भेषराज अधिकारीले बताए। भण्डारीको नेतृत्वमा १२ जना कलाकार, उपमहानगरका कर्मचारी र केही यातायात व्यवसायी सिक्किम घुम्न गएका हुन्। केही दिनअघि मात्र उपमेयर भण्डारी हङकङ भ्रमणमा त्यसतर्फ गएकी थिइन्।

सिक्किम घुम्न गएको विषयमा भने कुनै औपचारिक जानकारी गराइएको छैन। भ्रमण गएकामध्ये २ का वडाध्यक्ष माधवगोविन्द श्रेष्ठ, १७ का सूर्यबहादुर भट्टराई र २० का मणिराम राई पनि छन्। कर्मचारी र १२ जना कलाकारसहित ३० जना भ्रमण टोलीमा समावेश छन्। हङकङ भ्रमणबाट आएको सातादिनमै टोली भारत लागेको हो।

विकासका काम अलपत्र छाडेर जनप्रतिनिधि विदेश घुम्न गएको भन्दै स्थानीयले चर्को आलोचना गरेका छन्। धरान १४ विजयपुरका प्रेम पराजुलीले उपमहानगरको खर्चमा जनप्रतिनिधि विदेश घुम्न जानु अत्यन्तै गलत भएको बताए। तत्काल मेयरको उपनिर्वाचन गर्नुपर्ने कांग्रेस धरानका सभापति तिलक राईले बताए।

मेयर नभएकै कारण धरानको विकास प्रभावित भएको राईको भनाइ छ। सिक्किमको गान्तोक नगरपालिकाको निमन्त्रणामा भगिनी सम्बन्ध गाँस्न र त्यहाँको स्रोत साधन अनुगमन गर्न नियमअनुसार विदेश गएको वडाध्यक्ष मणिराम राईले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.