म्याग्दीमा आगलागी हुँदा १२ लाखको क्षति

म्याग्दीमा आगलागी हुँदा १२ लाखको क्षति

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखको फलातेस्थित एक घरमा आगलागी भएको छ। आगलागीबाट हुमादेवी फगामीको दुई तले घर जलेर ध्वस्त भएको हो।

 भान्छाकोठामा बालेको आगो सल्किएर उक्त घटना भएको प्रहरीले बताएको छ। आगलागीबाट फगामीको घरमा राखिएको अन्नपात, लत्ताकपडा, गहना, नगद, फर्निचर लगायत सामग्री नष्ट भएको छ। उक्त आगलागीबाट १२ लाख बराबरको क्षति भएको घटनास्थलको निरिक्षणमा पुगेका गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनका सहयोगी सुरेन गुरुङले जानकारी दिए। 

भागेर ज्यान जोगाएका आगलागी पीडित फगामीका परिवार आफन्तकोमा आश्रय लिएर बसेका छन्। गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर, वडाका जनप्रतिनिधि र प्रहरीको टोलीले घटनास्थलको निरिक्षण गरी राहतको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.