उत्तर कोरियाका राजदूतले गृहमन्त्रीलाई भेटे, के भयो कुराकानी ?
काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित थियो ।
नेपालका लागि नयाँ राजदुतको कार्यभार सम्हालेकोमा मेनलाई सफलताको शुभकामना दिँदै गृहमन्त्री थापाले उनको कार्यकालमा दुई देशबीको सम्बन्धले थप उचाई लिने विश्वास जनाए ।
अमेरिकासँगको वार्ताबारे कुरा
राजदूत मेनले नेपाल र उत्तर कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पुगेको स्मरण गर्दै यो सम्बन्धलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिए ।
उनले नेपालमा आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन गृहमन्त्री थापासँग आग्रह गरे । भेटमा राजदुत मेनले गृहमन्त्री थापालाई उत्तर कोरिया भ्रमणको निम्तोसमेत दिएका छन् ।