अब मन्टेश्वरीमै योग, खेलकुद र बाजागाजाको प्रशिक्षण

अब मन्टेश्वरीमै योग, खेलकुद र बाजागाजाको प्रशिक्षण

भक्तपुर : शिक्षादीक्षासँगै योग, खेलकुद र बाजागाजाको प्रशिक्षण दिने उद्देश्यले भक्तपुरमा नयाँ मन्टेश्वरी स्कुल सञ्चालनमा ल्याइएको छ। हाललाई कक्षा नर्सरीसम्म सञ्चालन हुने मन्टेश्वरीमा योग र मौलिक एवं परम्परागत बाजागाजाको प्रशिक्षण दिइने गरी किकम्पा मन्टेश्वरी इन्टरनेसनल प्रि–स्कुल सञ्चालनमा ल्याइएको हो।

तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनायलका निर्देशक सुन्दरकुमार शाक्यले बिहीबार एक कार्यक्रमबीच उक्त प्रि–स्कुलको उद्घाटन गरेका छन्। उक्त अवसरमा पूर्वनिर्देशक शाक्यले शिक्षा सँगसँगै योग, गीतसंगीत र खेलकुदको प्रशिक्षण पूर्ण शिक्षाको द्योतक भएको बताए।

उनले आजभोलि पठाएर भन्दा व्यवहारमा गराएर शिक्षा ग्रहण गर्ने पद्धतिको विकास भएको स्पष्ट पारे। यस हिसाबले किकम्पा भक्तपुरकै नमुना र पूर्ण शिक्षा प्राप्त गर्ने माध्यम हुनसक्ने उनको भनाइ थियो।

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित इतबुँमा करिब पाँच रोपनी क्षेत्रफलमा उक्त प्रि–स्कुल सञ्चालनमा ल्याइएको हो। तीस वर्षअघि नेपाली मौलिक एवं परम्परागत नाचगानसँगै आधुनिक नृत्यको प्रशिक्षण दिने उद्देश्यले स्थापित किकम्पा सांस्कृतिक प्रतिष्ठानअन्तर्गत नै उक्त प्रि–स्कुल सञ्चालनमा ल्याइएको प्रतिष्ठानका अध्यक्ष देवचन्द्र बज्राचार्यले जानकारी दिए।

उनले स्कुलमा बिहान योगकक्षा र खेलकुदको प्रशिक्षण, दिउँसो स्कुल र बेलुका बाजागाजाको प्रशिक्षण दिइने बताए।

‘बिहान योगसँगै व्याडमिन्टन र टेबुलटेनिसको प्रशिक्षण सञ्चालन हुनेछ’, अध्यक्ष बज्राचार्यले भने, ‘दिउँसो पठनपाठन चल्नेछ। बेलुका बाजागाजाअन्तर्गत धिमे, मादल, बाँसुरी र धाँबाजाको प्रशिक्षण दिनेछौं।’
स्कुल परिसरमा ससाना बालबालिकाको लागि आवश्यक भौतिक संरचनाको निर्माण गरिएको छ। त्यस्तै अपांगमैत्री संरचनाको निर्माण गरिएको छ। ह्विल चियरमा आएका बालबालिकालाई प्रवेशद्वारदेखि कक्षा कोठासम्म पुग्ने र्‍याम्पको निर्माण गरिएको छ।

बालबालिकाको लागि कृत्रिम चिडियाखानासमेत निर्माण गरिएको छ। जहाँ वन्यजन्तुका ठूल्ठूला चित्रलाई थ्रीडी बनाएरु राखिएको छ। त्यस्तै बालबालिकाको प्रयोगात्मक अध्ययनको लागि पानी र बालुवा प्लेको व्यवस्था गरिएको स्कुलका प्रिन्सिपल राजेश लाखाले जानकारी दिए। उनले स्कुलमा मन्टेश्वरी कक्षासम्बन्धी तालिम प्राप्त शिक्षकहरुको व्यवस्था गरिएकोसमेत बताए।

हाललाई पाँच वटा कक्षा कोठा र ल्याब, मल्टिमेडिया, शयन कक्ष र क्याफ्टेरिया एउटाएउटा व्यवस्था गरिएको प्रि–स्कुलका प्रवन्ध निर्देशक अच्युत प्रजापतिले जानकारी दिए।
योग र खेलकुदको लागि छुट्टै हलको व्यवस्था गरिएको उनले बताए।


 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.