विशाल मेमोरियल गोल्डकपको फाइनलमा आर्मी
वीरगन्ज : वीरगन्जमा जारी दोस्रो टुवोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ।
वीरगन्जको नारायणी रंगशालामा बिहीबार भएको दोश्रो तथा अन्तिम सेमीफाइनल खेलमा झापा ११ लाई ६ –१ को फराकिलो अन्तरले पाखा लगाउदै फाइनलको यात्रा तय गरेको हो।
गत पुष ३० गते फिदिममा भएको फाल्गुनन्द गोल्डकपको फाइनल खेलमा आर्मी क्लब , झापा ११ संग नै २–१ ले पराजित हुदै उपाधी उचाल्नबाट चुकेको थियो। तर बिहिबार वीरगन्जमा भएको सेमीफाइनलमा खेलमा झापा ११ लाइ नै हराएर आर्मीले फाल्गुनन्द गोल्डकपमा झापासंग व्यवहोरेको हारको बदला समेत लिन सफल भएको छ।
बिहीबार वीरगन्जमा भएको दोश्रो सेमीफाइनल खेलमा आर्मी क्लबका लागि टेकबहादुर बुढाथोकी र सन्तोष तामाङले समान दुइ दुइ र विवेक बस्नेतले एक गोल गरेका हुन्। अर्को एक गोल भने आर्मीले झापाका तर्फबाट आत्मघाती गोलको रुपमा उपहार पाएको हो। झापाका लागि एक मात्र सान्तवना गोल भने आशीष चापागाइले गरेका हुन्।
खेल शुरु भएको दोश्रो मिनेटमै टेक बहादुर बुढाथोकीले झापाको पोष्टमा पहिलो गोल गरेपछि आर्मीले १–० को अग्रता लिएको थियो। त्यसपछि १४ औं र २४ औं मिनेटमा सन्तोष तामाङले लगातार दुइ गोल गरेपछि आर्मीले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो।