ट्राफिकलाई हेलमेट दिइयो
नुवाकोट : नुवाकोट ट्राफिक प्रणाली व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई हेलमेट प्रदान गरिएको छ। विदुर नगरपालिका-२ वट्टार बजारमा रहेको त्रिशूली अटो प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटलाई हेलमेट प्रदान गरेको हो।
त्रिशूली अटो प्रालिको कार्यालय बट्टारमा आयोजित एक कार्यक्रमबीच प्रालिका संचालक मधुसूदन थपलिया र प्रबन्ध निर्देशक विवेक थापाले जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख शम्भुबहादुर अधिकारीलाई ६ थान हेलमेट उपलब्ध गराएका छन्। यात्रुसँगै ट्राफिक प्रहरी पनि सुरक्षित हुनुपर्ने र हेलमेट लगाई यात्रा गर्न सबैलाई सुसुसुचित बनाउनुपर्ने उदेश्य स्वरुप हेलमेट प्रदान गरिएको प्रालिका संचालक मधुसूदन थपलियाले बताए।
सामाजिक उत्तरदायित्वको भावनाअनुसार त्रिशूली अटोले सामाजिक कार्यमा समेत सहयोग गर्ने जसको लागि विभिन्न संघ संस्थासंग सहकार्य गर्दै अगाडि बढ्ने प्रालिका प्रबन्ध निर्देशक विवेक थापाले बताए।