दोलखाको त्रिपुरासुन्दरी मन्दिर पुनर्निर्माण ७० प्रतिशत

दोलखाको त्रिपुरासुन्दरी मन्दिर पुनर्निर्माण ७० प्रतिशत

दोलखा : भीमेश्वर नगरपालिका–२, दोलखा बजारमा रहेको ऐतिहासिक एवं पुरातात्विक त्रिपुरासुन्दरी मन्दिरको पुनर्निर्माण ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। आगामी बैशाखसम्ममा मन्दिर निर्माणको मुख्य काम सकिने र असार मसान्तअगावै मन्दिरको सम्पूर्ण काम सकिने ठेकेदार कम्पनी तुल्सी कन्सट्रक्सनका साईट इन्जिनियर चिराग प्रधानले जानकारी दिए।

२१ मार्च २०१७ बाट निर्र्माण शुरु भई २० सेप्टेम्बर २०१८ निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । बोनस्टोनको ढुवानी कस्ले गर्ने भन्ने विवादका कारण ६ महिना काम स्थगित हुँदा निर्धारित समयमा काम सम्पन्न हुन नसकी म्याद थप गर्नु परेको थियो । मन्दिरको काम समयमा नसकिएको कारण केही जात्राहरु प्रभावित बनेको स्थानीयहरु बताउँछन्।

हाल मन्दिरको भुइँतला र पहिलो तला सम्पन्न भई दोस्रो तलाको झ्याल तथा ढोकाहरु राख्ने काम भइरहेको छ । सिमेन्टको प्रयोग नगरी चुना सुर्कीको जोडाईबाट बनाइने मन्दिरको गाह्रोमा ढुङ्गाको प्रयोग गरिएको छ। तीन फिट लम्बाई एक फिट चौडाई तथा एक फिट मोटाईका बोनस्टोन (गाह्रो तथा कुना बन्धन गर्ने ढुङ्गा) भारतको राजस्थानबाट ल्याइने गरेको ईञ्जिनियर प्रधानले बताए । राजस्थानदेखि नेपाल आइपुग्दा एउटा बोनस्टोनको मुल्य तीन हजार पाँच सय भन्दा बढी पर्छ।

सात करोड ७ लाख ५७ हजार ८ सय ३४ रुपैयाँ लागत अनुमान गरिएको छ।  हालसम्म तलेजु मन्दिरको काम पनि ९३ प्रतिशत सम्पन्न भइसकेको ईन्जिनियर प्रधानको भनाई छ। एकहजार तीनसय वर्ष भन्दा बढी पुरानो मानिने त्रिपुरासुन्दरी मन्दिरको अगाडिको भाग र पूर्वतर्फको भागमा पाको ईंटा प्रयोग गरिएकोमा अब भने पूर्ण रुपमा ढुङ्गाको प्रयोग गरी बनाइने छ। साथै झिंगटीको छाना प्रयोग गरिएकोमा तामाको छाना प्रयोग गरिने छ। 

पहिले स्थानीय जातका काठहरुको प्रयोग गरी मन्दिर निर्माण गरिएकोमा अहिले अग्राखको प्रयोग गरिएको प्रधानले जानकारी दिए। मन्दिरमा प्रयोग गरिने काष्ठ कला भने पहिलेको जस्तै हुने बताइएको छ। मन्दिर निर्माण कार्यमा परामर्शदाताको काम पिएनजे कर्सोटियम प्रालिले गरिरहेको छ भने मन्दिर निर्माणका लागि स्वीस सरकार विकास सहयोग (एसडीसी)ले आर्थिक सहयोग गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.