खर्च अभावले विद्यालय छाडेर ईंटाभट्टामा बालबालिका

खर्च अभावले विद्यालय छाडेर ईंटाभट्टामा बालबालिका

बनेपा : बारा जिल्लाका १३ वर्षे सुरन माझी कक्षा आठको पढाई छोडेर काभ्रेको पाचँखालस्थित ईंटाभट्टामा काम गर्ने गरेका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण पढाई छोडेर ईंटाभट्टामा काम गर्न सुरु गरेको उनको भनाई छ ।

‘कक्षा आठमा पढ्दै थिएँ, आर्थिक अवस्था कमजोर भएकाले आमाबुवा काम गर्न काभ्रे आउने भएपछि म पनि सँगै आए,’ उनले भने ‘पढ्न त मन छ, तर बुबा आमासँग पैसा नभएकै कारण पढाई छाडेर आमा बुबा संगै पैसा कमाउन आएको हुँ ।’

माझीजस्तै पाचँखाल–१२ का दश वर्षे देवराज दनुवार पनि र्इँटा बनाउने र लोड अनलोड गर्ने काम गर्छन । स्थानीय विद्यालयमा पढ्दै आएका दनुवार काम नभएको समयमा मात्र विद्यालय जाने गरेको बताउँछन् । ‘पढाई खर्च जुटाउन र बुबाआमालाई दिनका लागि ईंटाभट्टामा  काम गर्ने गरेको छु,’ उनले थपे ‘एक हजार इटा लोड गरेको तीन सय रुपैया पाउने गरेको छु ।’

दैनिक एक हजार देखि १५ रुपैयाँसम्म हुने गरेको छ । उनीजस्तै दैनिक दर्जौनौ बालबालिका विद्यालय छोडेर ईंटाभट्टाको काम गर्न बाध्य हुदै आएका छन् ।

माझी र दुवारजस्तै जिल्लाको  ईंटाभट्टामा बालश्रमिकको संख्या बढ्दै गएको सरोकारवालाहरु बताउँछन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले बालश्रम न्यूनीकरणका लागि करौडौ रुपैया लगानी गरे पनि उनीहरुको लगानी बालुवामा पानी सरह भएको छ ।

ईंटाभट्टामा  काम गर्ने अधिकांश  विकट क्षेत्रका दलित, जनजाति, विपन्न र पिछडिएका समुदायका बालबालिका छन् । आर्थिक अवस्था कमजोर भएका बालबालिका पढाई छोडेर ईंटाभट्टामा आमाबाबुसँगै काम गर्न आउने गरेका छन् । मंसिरदेखि जेठसम्म ईंटा पार्ने र अन्य समय ईंटा लोड अनलोड गर्ने गरेका छन् ।

बाबुआमा भट्टामा काम गर्न जाँदा बालबालिका पनि सँगै लैजाने गरेकाले स्कुल जाने उनीहरु पढ्नबाट बञ्चित भएका हुन् । जिल्लामा बालबालिकासम्बन्धी काम गर्ने दर्जनौं गैरसकारी, सरकारी निकायहरुले ईंटाभट्टामा जाने बालबालिकालाई रोक्ने र पढ्न स्कुल पठाउने गरेको दावी गर्दै आए पनि प्रचारभन्दा अवस्था फरक रहेको सरोकारवालाहरु बताउछन् । अधिकासं बालबालिका १२ वर्षदेखि १७ वर्ष उमेरका छन् ।

वर्षको ६ महिना भक्तपुर, चितवन, मकानपुर, धादिङ र तराईका विभिन्न जिल्लाबाट काभ्रेको भकुण्डे, पाँचखालमा रहेका ईंटाभट्टामा  छोराछोरी सहित काममा आउने गरेका छन् । ‘वर्षमा ५ महिना मात्र काम गर्ने सिजन आउँछ, बालबालिकालाई छाडेर काममा जाउँ पकाएर खुवाउने मान्छे हुँदैन, नजाउँ बिहान बेलुकाको छाक टार्न मुस्कील पर्छ,’ महाभारत गाउपालिकाकी  कान्छीमाया लामा भन्छिन् ।

‘छोराछोरी पढाएर सक्षम बनाउने रहर कसको हँुदैन र आर्थिक अवस्था कमजोर छ आपूm काम गर्न परिहाल्यो, छोराछोरीको हेरचाहा गर्न पाइँदैन त्यसैले संगै ल्याउने गरेको छु,’ लामाले थपिन् ‘छोरा र छोरी दुवैलाई गाउँकै  स्कुलमा सात कक्षामा भर्ना त गरेको छु तर छ महिना यतै भट्टामा बसिन्छ, ६ महिनापछि घर जाँदा  स्कुल त त्यसै छुट्ने नै भइहाल्यो ।’

भट्टमा काम गर्दै आएका अधिकांश बालबालिका कुपोषित छन् र उनीहरु विभिन्न रोगले आक्रान्त छन् । जिल्लाको पाँचखाल, भकुण्डे, सरमथली, सस्र्युखर्क, बिर्ता देउराली, पोखरीनारायण स्थान लगायतका ठाउँहरुबाट भक्तपुर ललितपुर जिल्लामा इटाभट्टामा जाने गरेका छन् । भने अन्य जिल्लाबाट काभ्रेका विभिन्न स्थान रहेका ११ वटा ईंटाभट्टामा सयौको संख्यामा बालबालिका काम गर्ने गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.