तीन प्रहरी निलम्बित

तीन प्रहरी निलम्बित

नुवाकोट : पक्राउ परेका युवक प्रहरीको घेरा तोडेर भागेको  घटनाका दोषी प्रहरीलाई निलम्बन गरिएको छ। प्रहरीको घेरा तोडेर भाग्ने क्रममा गत पुस ४ गते त्रिशूली नदीमा एक युवक पसेको घटनामा तीन प्रहरी दोषी रहेको जनाउँदै निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

प्रहरीले पक्राउ गरेका युवक भागेर त्रिशूलीमा पसेका रसुवाका एक युवकको शव भने एक महिनापछि फेला परेको थियो। प्रहरीको असावधानी र गम्भीर गल्तीका कारण सो घटना हुन पुगेको जनाउंदै स्थानीयवासी आक्रोशित भएका थिए। 

निर्माणाधिन त्रिशूली थ्रिए जलविद्युत आयोजनाको सामान चोरीमा संलग्न रहेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका युवकलाई धरपकड गरिएको विरोधमा स्थानीयवासीले घटनाको  छानबिन गर्न माग गरेका थिए। 

प्रहरीले जिल्ला प्रहरी नुवाकोट अन्र्तगत किस्पाङको शान्तिबजारमा कार्यरत तीनजना प्रहरीलाई निलम्बन गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक  भीमलाल भट्टराईले जानकारी दिए। 
प्रहरीले जवानहरु चन्द्रिका भगत, विकलाल महतो र नवलकिशोर रावतलाई निलम्बन गरिएको हो । उनीहरुलाई निलम्बन गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। 

प्रहरीको घेरा तोडेर गत पुस ४ गते बुधवार त्रिशूली नदीमा पसेर बेपत्ता भएका युवक मैते तामाङको शव दुई दिन अगाडि त्रिशूली नदीमा फेला परेको हो। रसुवाको दक्षिणी भेगमा रहेको उत्तरगया गाउँपालिका २ घर भएका २० वर्षीय तामाङको शव नुवाकोटको किस्पाङ गापा  ५ सोलेस्थित त्रिशूली नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

तामाङको शव नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए। 

उनलाई गत पुस ३ गते राति निर्माणाधिन माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरी गरेको अभियोगमा मैलुङ प्रहरीले नियन्त्रणमा लिएको थियो। 

मृतक युवकका आफन्त तथा स्थानीयवासीले प्रहरीको असावधानीले सो घटना हुन पुगेको जनाउंदै आक्रोशित भएका थिए। उक्त अभियोगमा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटतर्फ ल्याउने क्रममा उनी पैरेबेसीमा आएपछि शौच गर्ने बहानामा त्रिशूली नदीमा हामफालेर बेपत्ता भएको प्रहरीको भनाइ छ। 

 प्रहरीको घेराबाट फुत्किएर त्रिशूली नदीमा हेलिएका मैते तामाङका परिवारलाई यसअघि नै सम्बन्धित पक्षले क्षतिपूर्ति दिने सहमति भइसकेको छ। 

प्रहरी, स्थानीयवासी, गाउँपालिका तथा निर्माणाधिन त्रिशूली थ्रीए जलविद्युत आयोजना पक्षबीच मृतक युवकको परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि दुई दिनदेखि अशान्त मैलुङ शान्त भएको थियो। 

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरीको अभियोगमा पक्राउ परेका चार जनामध्ये मैते तामाङ भाग्ने क्रममा त्रिशूली नदीमा बेपत्ता भएका थिए।  

उनका परिवारलाई एक महिना अगाडि नै आयोजना निर्माणस्थलमा भएको वार्तामा नेपाल विद्युत प्राधिकरण कर्मचारी विनियमावलीमा उल्लेख गरिएअनुसार दुर्घटना हुँदा क्षतिपूर्ति दिने नियम अनुसार पाँच लाख रुपैयाँ उपलव्ध गराउने सहमति भइसकेको छ। 

यसका साथै मृतक युवक मैते तामाङका परिवारलाई नुवाकोटको किस्पाङ र रसुवाको उत्तरगया गापा कार्यालयले उचित आर्थिक सहयोग प्रदान गर्ने सहमति भएको थियो। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.