ह्‍याकरको फेला परिएला है

ह्‍याकरको फेला परिएला है

सार्वजनिक ठाउँमा फ्रि भेटिएका वाईफाई सुरक्षित नहुन पनि सक्छन्। फ्रि वाईफाईलाई विश्वास गरी नहाल्नुहोस्। त्यसमा साइबर अपराधीको पनि हात हुन सक्छ। तपाईंको डिभाइस ह्याक हुन सक्छ।


आजकल सार्वजनिक स्थानमा निःशुल्क वाईफाई चलाउन पाइन्छ। काठमाडौं महानगरपालिकाले दर्जनौं स्थानलाई वाईफाई फ्री जोनको रूपमा घोषणा गरेको छ। निःशुल्क रूपमा उपलब्ध यस्ता वाईफाईको पहुँचमा हरेक व्यक्ति पुग्न सक्छन्। तर त्यसमा केही लिमिटेसन र सीमा भने तोकिएकै हुन्छ। सीमा तोकिएको भए पनि त्यसको सुरक्षित प्रयोग हाम्रो लागि चुनौतीको विषय हो।

ह्याकरबाट आफूलाई सुरक्षित राख्नकै लागि भए पनि इन्टरनेटमा जोडिँदा सेक्युरिटी अपनाउनुपर्ने हुन्छ। त्यसका लागि कतिपय एन्टिभाइरस प्रोडक्ट पनि छन्। त्यसले पनि केही हदसम्म तपाईंको डिभाइसलाई ह्याकरबाट जोगाउन मद्दत गर्छ। हामीले आफ्नै घरमा प्रयोग गर्ने वाईफाईमा पनि सेक्युरिटी अपनाउन जरुरी छ। यहाँ सार्वजनिक वाईफाई नेटवर्क चलाउँदा कसरी सुरक्षित रहने भन्ने कुरा बुँदागत रूपमा चर्चा गरिएको छ।

डिभाइसको सेटिङ

सुरक्षित वाईफाई प्रयोगको महत्त्वपूर्ण पक्ष भनेको आफूले प्रयोग गर्ने डिभाइसको सेटिङ हो। सार्वजनिक वाईफाई प्रयोग गर्नुहुन्छ भने, पहिलो कुरा तपाईंको (Automatically connect to Wi-Fi) अप्सन अफ गर्न जरुरी छ। सार्वजनिक वाईफाई फ्रि हुने हुनाले यदि यो अप्सन अन भएको खण्डमा जुनसुकै बेला तपाईंको डिभाइस त्यसमा कनेक्ट हुन सक्छ। जुनसुकै वाई–फाइनमा आफ्नो डिभाइस कनेक्ट हुन नदिन पनि यो अप्सन अफ गर्नुपर्छ। यसको स्थानमा तपाईंले वाईफाईलाई म्यानुअल्ली कनेक्टको व्यवस्था गरे कनेक्ट गरेर प्रयोग गरिएको वाईफाई नेटवर्कलाई प्रयोगपछि फर्गेट गर्न सकिन्छ।

सावधानी अपनाउने

कतिपय सार्वजनिक ठाउँमा फ्रि भेटिएका वाईफाई सुरक्षित नहुन पनि सक्छन्। फ्रि वाईफाईलाई विश्वास गरी नहाल्नुहोस्। त्यसमा साइबर अपराधीको पनि हात हुन सक्छ। तपाईंको डिभाइस ह्याक पनि हुन सक्छ।

जाँच गर्ने बानी बसाल्ने

फ्रि वाईफाई भेट्नेबित्तिकै आफ्नो डिभाईसमा कनेक्ट गर्नुपूर्व उक्त नेटवर्कलाई जाँच गर्न आवश्यक छ। वाईफाई कनेक्ट गर्नुअघि उक्त वाईफाईको आईपी एड्रेस र अथेन्टिकेसनको विषयमा जानकारी लिने गर्नुहोस्। ता कि तपाईंले त्यो वाईफाईको सुरक्षित पक्षबारे केही जानकारी लिन सक्नु हुनेछ।

सीमित साइटमात्रै चलाउने

सार्वजनिक रूपमा भेटिएको फ्रि वाईफाई नेटवर्क प्रयोग गर्दा कुन साइट चलाउने नचलाउने भन्ने विषयमा ध्यान दिन आवश्यक छ। त्यतिवेला संवेदनशील सूचना टाइप गर्नु हुँदैन। पासवर्ड राखेर लग इन् गर्नुपर्ने वेभसाइट नचलाउँदा नै राम्रो हुन्छ।

भीपीएन प्रयोग गर्नुहोस्

वाईफाई नेटवर्क प्रयोग गर्नुपर्ने आवश्यकता छ भने भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्नु उपयुक्त हुन्छ। भीपीएन प्रयोगर्दा उक्त नेटवर्कमा इन्क्रिप्टेड मेसेजहरू प्राप्त हुने हुँदा ह्याकरलाई ह्याक गर्न गाह्रो हुन्छ। साथै भीपीएनले आईपी एड्रेसलाई पनि लुकाउने भएकाले तपाईंको डिभाइसको सुरक्षा गर्छ।

एचटीटीपीएसमा हेर्ने

वाईफाई नेटवर्कमा कनेक्ट भइसकेपछि तपाईंले भिजिट गर्ने वेभसाइट सुरक्षित छन् छैनन् सोबारे निश्चित हुनु आवश्यक छ। वेभसाइट सर्च गर्दा एचटीटीपीएसबाट सुरु हुने यूआरएल अर्थात् एड्रेस बारमा हरियो बक्स भए नभएको पनि हेर्न जरुरी छ। हरियो बक्सले उक्त साइट सुरक्षित भएको जानकारी गराउँछ।

टु–फ्याक्टर अथेन्टिकेसन अपनाउने

भेरिफिकेसन प्रोसेसलाई दुई गुणा मजबुद बनाउनको लागि टु–फ्याक्टर अथेन्टिफिकेसनको प्रयोग गर्न सकिन्छ। जसले तपाईंको डिभाइसलाई साइबर अपराधसम्बन्धी आक्रमणबाट बच्न केही हदसम्म मद्दत गर्छ।

प्रयोगपछि बन्द गर्ने

वाईफाई नेटवर्क प्रयोग गरी खोलिएका सम्पूर्ण साइट लग आउट गर्नु पर्दछ। लग आउट नगर्दा कुनै ह्याकरको हानिकारक वस्तु पनि त्यसमार्फत आएको हुन सक्छ। त्यसैले त्यस्ता वाईफाई नेटवर्क प्रयोग गरेपछि लग आउट गर्नु आवश्यक हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.