इण्डोनेसियालाई हराउँदै नेपाल फाइनलमा

इण्डोनेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं : इण्डोनेसियालाई सेमिफाइनलमा ९३ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी-२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। 

टस हारेर पहिलो ब्याटिङ गरेको  नेपालले पूरै २० ओभर खेल्दै तीन विकेट गुमाएर १२० रन बनाएको थियो। नेपालका लागि सीता रानामगरले उकृष्ट ब्याटिङ गर्दै ४८, काजल श्रेष्ठले १४ रन बनाइन्। यस्तै इन्दु बर्मा ३७ अविजित रहिन् ।

कूल १२१ रनको विजयी लक्ष्य पच्छ्याउने क्रममा  २७ रन बनाउँदा इण्डोनेसिया अल आउट भयो। ओपनर युलियाले सर्वाधिक १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्। उसका चार खेलाडीले खाता खोल्न सकेनन्। 

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले तीन, कविता कुँवर, नेरी थापा, सीता रानामगर र सरिता मगरले एक/एक विकेट लिएका थिए । प्रतियोगितामा नेपाल समूह 'ए'को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। इण्डोनेसिया समूह 'बी'को उपविजेता बनेको हो। 

एघार रन बनाउँदा पहिलो विकेट गुमाएको इण्डोनेसियाले दोस्रो विकेट १९ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो। त्यसपछि आठ रन जोड्ने क्रममा इण्डोनेसियाले बाँकी आठ विकेट गुमाउन पुग्यो। ९३ रनको जित, टी-२० अन्तर्राष्ट्रिय नेपाली महिला टिमको सबैभन्दा ठूलो अन्तरको जित हो।

नेपालले शनिबार फाइनलमा आजै हुने थाइल्याण्ड र युएईबीचको दोस्रो सेमिफाइनलको  विजेतासँग खेल्नेछ । समूह चरणमा उत्कृष्ट नतिजासहित सेमिफाइनल पुगेको नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले, तेस्रो खेलमा युएइलाई ६ विकेटले र अन्तिम खेलमा थाइल्याण्ड 'ए' लाई ९ विकेटले हराएको थियो।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.