कालिकोटका कारागारलाई किताब अभियान

कालिकोटका कारागारलाई किताब अभियान

कालिकोट : समुदाय-प्रहरी साझेदारी अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको 'कारागारलाई किताब' अभियान कालिकोटमा पनि सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटको अगुवाईमा जिल्लामा डीएसपी बिनोद शर्माको नेतृत्वमा एक उप-समिति गठन गरी यो अभियानको सुरुवात गरिएको हो।

कारागारलाई सुधार गृहका रुपमा विकास गर्ने उद्देश्यले निकट भविष्यमा कारागारमा पुस्तकालय स्थापना गर्ने लक्ष्य राखेर 'कारागारलाई किताब' अभियान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्माले बताए।

उनले कर्णाली प्रदेशका १० वटै जिल्ला समेट्ने गरी समग्र प्रदेशमा यो अभियान संञ्चालन गर्ने भएको जानकारी दिए।उनका अनुसार जिल्लामा गठन भएको उप-समितिले आफ्नो कार्यविधि नै बनाएर काम अगाडि बढाएको छ। 

पुस्तक संकलनका लागि विभिन्न स्थानीय तह, संघ-संस्था, सहयोगी दाताबाट सहयोग संकलन गरी कारागारलाई पुस्तक हस्तान्तरण गरिनेछ। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, जिल्ला स्थित क्रियाशील राजनीतिक दल, नागरिक समाजका अगुवा, पत्रकार सहितका सरोकारवालाको सहभागीतामा 'कारागारलाई किताब' अभियान थालिएको हो।

जिल्ला प्रहरी प्रमुख डीएसपी शर्माले 'कारागारलाई किताब' अभियान अन्तरगत शुक्रबारसम्म ३ सय किताब संकलन भइसकेको जानकारी दिए।शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना 'कारागारलाई किताब' अभियान अन्तरगत १ सय ९५ किताब हस्तान्तरण गरिएको छ।

 पत्रकार पुष्पराज भट्टराईद्धारा उपन्यास, सायित्यक, संबिधानलगायतका १ सय ७५, न्यौपाने जनरल स्टोरकी अमृता न्यौपानेद्धारा नयाँ मुलुकी ऐन सहितका विभिन्न किसिमका १५ किताब, नेपाली कांग्रेसका सहसचिव दमनबहादुर शाहीद्धारा बीपी कोईरालाद्वारा  लिखित उपन्यासलगायतका ५ वटा किताब  हस्तान्त्रण गरिएका हुन्। पुस्तक अध्यायन गरौँ, सकारात्मक सोचको विकास गरौँ' भन्ने सोचका साथ 'कारागारलाई किताब' अभियानमा सहयोग गरेको कांग्रेस नेता दमनबहादुर शाहीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.