तीन सय शीतलहर पीडितलाई ब्ल्यांकेट वितरण
जनकपुरधाम : महोत्तरीको मटिहानी नगरपालिका तीन सय शीतलहर पीडितलाई न्यानो कपडा वितरण गरिएको छ। नगरपालिका- ९ स्थित सिमरदही र बहुअर्वा गाउँका गरिब, दलित तथा विपन्न परिवारलाई ब्ल्यांकेट वितरण गरिएको नगर प्रमुख हरिप्रसाद मण्डलले जनाए।
स्वीस ह्यूमेनिटेरियन असिस्टेंसको सहयोगमा ब्ल्यांकेट प्रेरणा सर्लाहीले शीतलहर पीडितलाई वितरण गरेको हो।महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले चिसो पीडितको घरमै पुगेर वितरण परेका हुन्। विपन्न र दलित परिवारका एक वर्ष उमेरका करिब १ सय बालबालिकालाई वेवी किट पनि वितरण गरिएको छ।