अस्पतालको लापरवाही : पखाला लागेका बिरामीलाई म्याद गुज्रेको स्लाइनपानी!

अस्पतालको लापरवाही : पखाला लागेका बिरामीलाई म्याद गुज्रेको स्लाइनपानी!

मलंगवा : सर्लाही जिल्ला अस्पताल मंलगवाका चिकित्सकले बिरामीको उपचारमा चरम लापरवाही गरेको तथ्य बाहिर आएको छ।पखाला लागेर अस्पताल भर्ना भएकी मलंगवा-३ की ४५ वर्षीया उषा देवीलाई म्याद गुज्रेको 'आर एल स्लाइन' पानी दिएको भेटिएको हो। 

उषासहित उपचारका लागि अस्पताल पुगेका अन्य तीनजनालाई चिकित्सकले म्याद गुज्रेकै स्लाइन पानी दिएको फेला परेको छ। 'पेट दुखेर आमा बिरामी हुनुभयो। पखाला लागेपछि हामीले अस्पताल लगेर भर्ना गरायौं,' उषाका छोरा साजन चौधरीले भने,' अस्पतालले उहाँलाई भर्ना गरेर स्लाइन पानी चढाउन सुरु गर्‍यो। नजिकै गएर हेर्दा डेटस्पायर स्लाइन पानी रहेछ। आधा बोत्तल चढिसकेको थियो।' तीन महिना पहिले पनि म्याद गुज्रेका स्लाइन पानी बिरामीलाई दिएको बारे समाचार बाहिर आएको थियो। पछि आफूले त्यसलाई तुरुन्त रोक्न लगाएको उनले बताए।सन् २०१८ अक्टुबर अन्तिमसम्म म्याद रहेको स्लाइन पानी उषाको उपचारमा प्रयोग गरिँदै थियो।

म्याद गुज्रेको स्लाइन पानी दिएको थाहा पाएपछि परिवारले उनलाई तुरुन्तै निजी अस्पतालमा भर्ना गराएका थिए।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा यस्तो ठूलो लापरवाही हुनु दुःखद भएको पीडित परिवारले जनाएका छन्। उपचारमा संलग्न चिकित्सक र औषधि दिने व्यक्तिलाई कानुनअनुसार कारवाही हुनुपर्ने माग पीडित परिवारको छ।

५० शैयाको जिल्ला अस्पताल मंलगवमा विशेष गरी गरिब तथा विपन्न समुदायका बिरामी आउने गर्छन्।सरकारी अस्पतालमा राम्रो उपचार नहुने भन्दै आर्थिक अवस्था बलिया भएकाहरु निजी अस्पताल रोज्छन्। तर, गरिब बिरामी पर्दा उपचारका लागि मंलगवा अस्पताल पुग्छन्।अस्पतालको यस्तो लापरवाहीले बिरामी त्रसित भएका छन्। अस्पतालमा दैनिक ७० देखि १ सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्छन्।

स्टोरमा म्याद भएको र गुज्रेको औषधि एकै ठाउँमा छ्यासमिस गरेर राखिएको छ। हतारमा छिक्दा म्याद गुज्रेको औषधि प्रयोग हुन पुगेको सुपरिटेन्डेन्ट बीरेन्द्रकुमार मण्डलले बताए। सबैलाई एकैपटक उपचार गर्न खोज्दा हतारमा म्याद गुज्रेको औषधि प्रयोग हुन पुगेको मण्डलले बताए।  

'घटनाबारे सोधपुछ गर्ने काम हुँदैछ,' मण्डलले भने, ' गल्ती गरेको भेटिए कारबाही हुन्छ।' उषाको उपचारमा कुन चिकित्सक संलग्न थिए भन्ने कुरा खुलेको छैन। सुपरिटेन्डेन्टले छानविनपछि चिकित्सको नाम आउने जनाए।

कुनै पनि मानिस बिरामी भएर अस्पताल पुग्दा उसलाई तुरुन्त नसाको मार्फत सलाइन पानीको माध्यबाट उपचार सुरु गरिन्छ। तर, उषा उपचार गर्न अस्पताल भर्ना हुँदा उनलाई दिएको स्लाइन पानी नै म्याद गुज्रिएको थियो। यसले सरकारी अस्पतालमा चरम लापरवाही हुने गरेको तथ्य स्पष्ट देखिन्छ।

उषा देवीलाई दिएको म्याद गुज्रेको स्लाइनपानी।तस्बिर : सुनिल ठाकुर 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.