डोल्पामा खाद्य संकट छैन

डोल्पामा खाद्य संकट छैन

डोल्पा : विकट हिमाली जिल्ला डोल्पामा खाद्यान्नको सहजता हुँदै गएको छ। एक वर्ष पहिला नेपाल खाद्य संस्थानमा चामल लिनेको भीड लाग्ने डोल्पामा यस वर्ष चामल लिने ग्राहकको पर्खाइमा संस्थान बसेको छ।

हरेक वर्ष खाद्यान्नकै अभावले पिल्सी रहेका डोल्पाका स्थानीय यस वर्षदेखि भने खाद्यान्नको सहजताको अनुभुति गर्न थालेका छन्। सडक जोडिएसँगै डोल्पाका गोदाममा खाद्यान्न सहजता हुन थालेको हो। 

विभिन्न कारण खाद्यन्नको संकट देखिने डोल्पामा यस वर्ष जिल्लाको शाखामा हजार क्वीन्टल र डिपोमा ५ सय हाराहारीमा चामल स्टक रहेको नेपाल खाद्य संस्थान शाखा डोल्पाले जानकारी दिएको छ। 

'सडकले डोल्पा जोडियो बजारमा राम्रो किसिमको चामल सस्तोमा भित्रियो त्यसैले पनि जनतालाई अनुदानको चामलप्रति चासो कम भयो,' डोल्पा शाखाका निमित्त प्रमुख हिरामणी जोसिले बताए।उनका अनुसार स्थानीयको माग अनुसार चामल दिने गरेको छ।

नेपालगञ्ज,सुर्खेत र दाङबाट प्रति किलो न्युनतम १६ रुपैयाँदेखि अधिकतम ३५ रुपैयाँसम्ममा नेपाल सरकारले अनुदानमा दिने चामल डोल्पाका शाखा र डिपोमा आउने गरेको बीसी ट्रेर्डस एण्ड सप्लार्यसका जनक बिसीले जानकारी दिए। 

पहिला घरको काम छोडेर हप्ता दिनसम्म १० किलो चामलका लागि खाद्यान्नका लागि लाइनमा बसेर चामल लैजाने गरेको ठुलीभेरी- २ की रनमति सार्कीले सुनाइन्। उनी भन्छिन्,' यसपाली हामीलाई दु:ख छैन, लाइनमा बस्दैनौं, जान्छौं चाहे जति लिएर आउँछौं, सजिलो भएको छ।'

'चामलकै लागि नेताको पछि लाग्यौं, दैनिक काम गरेर पनि चामल लियौं, खुब दु:ख पाइयो,'उजेली विकले विगतका दु:ख सुनाइन्। 'खै किन हो, यस वर्ष दु:ख छैन, हामीले मागे जति कर्मचारीले चामल दिन्छन्, कोही नेतालाई भनसुन गरिदेउ भन्नु परेको छैन, उजेली बताइन्।

८ जातका चामल वितरण, जापानी चामलको मुल्य घट्दै

नेपाल सरकारले अनुदानका बिक्री गर्ने ८ जातका चामल डोल्पाका शाखाबाट बिक्री हुने हुँदै आएको छ। जिल्लाका शाखा र डिपो कार्यालयबाट हाल पनि अरुवामोटा,अरुवा मध्यम,मकावनपूरे,गोरखनाथ,उसिना,जिरा मसिनो,सोना मन्सुली र गहुँ सहजै वितरण हुने गरेको खाद्य संस्थानले जानकारी दिएको छ। 

केही महिनायता गोदाममा मंहगो भएर थन्किएको जापानी चामलको पनि मुल्य केन्द्रले फेरि घटाएको छ। सुरुमा ६५ रुपैयाँमा बिक्री हुने जापानी चामल हाल आएर ४८ रुपैयाँमा झरेको निमित्त शाखा प्रमुख हिरामणी जोसीले जानकारी दिए। उनका अनुसार शाखामा ४८ रुपैयाँ र डिपोमा ४६ रुपैयाँमा जापानी बिक्रि हुने बताए।

जापानी चामल बजारको जिरा मसिनो र सोना मन्सुलीभन्दा महगो भएको भन्दै यसभन्दा पहिला जनताले किन्न मानेका थिएनन । विभिन्न क्षेत्रको दवाव पछि केन्द्रले जापानी चामलको मुल्यमा हेरफेर गरेकोले अब वजनता मारमा नपर्ने र जापानी चामल बिक्रि हुने जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढाले बताए। 

सबै डिपोमा चामल स्टक, माथिल्लो डोल्पामा भदौ असोजमा मात्रै बिक्री हुने
यष वर्ष डोल्पा जिल्लाका सबै डिपो र शाखामा नेपाल सरकारको अनुदानको चामल प्रयाप्त मात्रामा स्टक रहेको छ। न्यूनतम एकसय क्वीन्टलदेखि एक हजार क्वीन्टलभन्दा धेरै चामल स्टक रहेको छ।
 
जनतालाई राम्रोसँग बुझाउन नसकेको कारण पनि खाद्यान्नमा जनता कम आउने गरेको जोसीको दाबी छ। जोसीले भने, 'बजारमा २५ किलोको चामल २२ सयमा पाइन्छ, हामीसँग ३० किलोको चामल २२ सयमा पाउँछ तर जनतलाई त्यो कुरा थाहा छैन।'

बजारमा केही दिन उधारो हुने र नेपाल खाद्य संस्थानमा नगद कारोबार हुने भएकाले पनि सहजै खाद्यान्नमा स्थानीय जाँदैनन् एक व्यवसायीले भने। इमान्दार तरिकाले सस्तो चामल खाने नागरिक भने निरन्तर खाद्यान्नमा आएर चामल लैजाने गरेको खाद्य संस्थान डोल्पाले जानकारी दिएको छ। जापानी चामलको मुल्य घटेको छ अब जनताको आयस्तरसँग मिल्छ जनताको माग जापानी चामलमा बढनेमा विश्वस्त रहेको निमित्त प्रमुख जोसीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.