लागुऔषधसहित तीन पक्राउ
जनकपुर : लागुऔषधसहित धनुषा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-२ का १६ वर्षीय विक्रम मेस्तर, १७ वर्षीय जितेन्द्र कुमार महतो र छिरेश्वरनाथ नगरपालिका-५ का १९ वर्षीय महमद नुर खाँलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले तीन सय पिस नाइट्रोभ्याट ट्याबलेट बरामद गरेको छ। ज १ ह २७७९ नम्बरको टेम्पोको सिटमुनी लुकाएर लैजाँदै गरेको अवस्थामा उनीहरुलाई गिर्फतार गरेको प्रहरीले बताएको छ।
भारतबाट लागुऔषध लिएर नेपाल आइरहेका उनीहरुलाई प्रहरीले धनुषाको धनौजी गाउँपालिका-४ स्थित चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो।