मधेसमा साना हतियारको बिगबिगी

मधेसमा साना हतियारको बिगबिगी

प्रदेश ब्युरो, जनकपुरधाम : पछिल्लो समय सिरहा, सप्तरी, महोत्तरीसहित मधेसका जिल्लामा साना हतियारको बिगबिगी बढेको छ। हतियारधारी समूहले सुरक्षामा खटिएका प्रहरीलाई निशाना बनाएका छन्।

बुधबार अज्ञात हतियारधारीले सप्तरीमा प्रहरी हवल्दारमाथि गोली प्रहार गरेको दुई दिन नबित्दै शुक्रबार सिरहामा त्यस्तै प्रयास भएको छ। शुक्रबारै सिरहा–२१ स्थित सुखचैनामा प्रहरीमाथि एक युवकले पेस्तोलले गोली हान्ने प्रयास गरे। प्रहरीले प्रतिरक्षामा हतियारधारी सिरहा–९ ठेग्ही बस्ने २९ वर्षीय प्रमोद यादवमाथि गोली चलायो। उनलाई पक्राउ पनि गरेको छ।

सिरहा प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी गराएअनुसार प्रहरीले गरेको जवाफी फायरमा यादवको दाहिने हातमा गोली लागेको छ। प्रहरीले उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ। उनलाई हातहतियार खरखजाना मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।

बुधबार साँझ अज्ञात समूहले प्रहरी चौकी विसनपुर सप्तरीमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरामाथि गोली प्रहार गरेको थियो।

यसैबीच गस्तीमा रहेका प्रहरीले धनगढीमाई नगरपालिका–११ छपराडीका ४६ वर्षीय चतुरनारायण चौधरीलाई प्रहरीले हतियार सहित पक्राउ परे। चौधरीको साथबाट एसएमजी गन १ थान, म्यागजिन २ थान, ५ राउन्ड गोली, २ थान सिम बरामद भएको थियो।

महोत्तरीबाट पनि १७ पुस २०७५ मा अपराधी समुहले लुकाएर राखेको हतियार प्रहरी नियन्त्रणमा लियो। सम्सी गाउँपालिका—७ स्थित लुकाइराखेको पेस्तोल विशेष सूचनाको प्रहरीले नियन्त्रणमा लिएका थिए। गत पुस ४ गते सिरहाको सखुवानन्कारकट्टी–१ लतिहायी बजारबाट रवीन्द्रकुमार मण्डल हतियारसहित पक्राउ गरेका थिए। उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.