कर्णालीमा पुसे भैलो

कर्णालीमा पुसे भैलो

जुम्ला : बाहिरी संस्कृतिको आगमनसँगै आफ्नो सभ्यता मासिँदै गइरहेको अवस्थामा लोप हुने अवस्थामा पुगेको कर्णालीको पुसे भैलो फेरि जगाउन थालिएको छ। संस्कृतिका जानकार र युवाको सक्रियतामा सेलाउँदै गएको पुसे भैलो पुनः जागृत गराउन लगिएको हो।

देशभर तिहारका अवसरमा मात्र देउसीभैलो खेलिन्छ। तर, जुम्लासहित कर्णालीका अधिकांश जिल्लामा भने पुस महिनामा भैलो खेल्ने चलन छ। बाह्रौं शताब्तीतिर जुम्लाका राजा बलिराजको पालादेखि हिउँदे भैलो खेल्ने चलन सुरु भएको बताइन्छ।

कतिपय विज्ञले यो भैलोलाई फुर्सदको समयमा रमाइलो गर्न खोजिएको बताएका छन्। असोज, कात्तिकमा पर्ने दसैँतिहारको समयमा कामको चापले खासै देउसीभैलो खेल्न नपाइने भएकाले हिउँदको फुर्सदिलो तथा चिसो समय रमाइलो गरी कटाउन भैलो खेल्ने गरिएको स्थानीय जानकार मणिकृष्ण जैसी बताउँछन््। ‘पुस २२ बाट सुरु भएको ठूली भैली पाँच दिनपछि सकिएको छ, पछिल्लो समय भैली खेल्ने चलन पनि हराउँदै छ’, उनले भने, ‘युवा पुस्ताले यो भैलोलाई बिर्सिसके तर महिला परम्परा बचाउन लागिपरेका छन्।’

मन मिल्ने बूढापाका, बालबालिका, युवतीको समूह बनाएर जिल्लाभर ठूली भैलो खेलिएको हो। जुम्लाका संस्कृतिसम्बन्धी जानकार रमान्द आर्चायले भने, ‘पहिलेपहिले ठूली भैलोलाई पर्वका रूपमा लिइन्थ्यो। उमेर समूहअनुसार स्थानीय पहिरनमा सजिएर आफ्ना आफन्तजनका घरघरमा गएर भैलो खेल्ने चलन थियो।’ पछिल्लो समय भैलो माग्ने निहुँमा युवकयुवतीदेखि बालबालिका आफ्नै गतिमा आएका विभिन्न सवारीसाधनसमेत रोकेर जबरजस्ती भैलो संकलन गरिरहेका छन्। भैलोको नाममा रुपैयाँ वा अन्नपात नदिए गालीगलौज गर्ने कार्यले भैलोमा विकृति फैलिँदै गएको संस्कृतविद् आचार्यको भनाइ छ।

पहिले विभिन्न गाउँघर तथा बाटोघाटोमा भेटिने थुप्रै भैलेराभैलेरीको लावालस्कर हिजोआज फाट्टफुट्ट मात्र देखिन्छ। चन्दनाथ नगरपालिकाका विष्णुबहादुर महतले भने, ‘पहिले बूढापाका तथा युवतीले शान्त वातावरणमा भैलो खेल्थे तर हिजोआज सानादेखि ठूलासम्म होहल्ला गर्दै जबर्जस्ती भैलो माग्छन्।’ भैलोमा महिलाले फरिया लगाउने, आँचला हाल्ने, गृह लठ्ठी हातमा लिएर भैली खेल्ने चलन छ। भैलो खेलेर संकलन गरेको रकम भैलो समाप्तिका बेला भोज खाएर मनोरञ्जन गर्ने प्रचलन छ।

राजारजौटाका पालामा बाज ९चिल० समात्ने र बाज पालेर बेच्ने, तिनीहरूलाई युद्धकला सिकाई एकअर्काको देशका बाज लडाएर मनोरञ्जन गर्ने हिसाबले भैलो सुरु गरिएको किंवदन्ती छ। यसपटक काठमाडौंसहित देशका विभिन्न सहरमा बस्ने कर्णालीवासीले सामूहिक रूपमा भैलो खेलेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.