सर्लाहीमा ट्रकले बसलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

सर्लाहीमा ट्रकले बसलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

मलंगवा : सर्लाहीमा बसलाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर–१२ बाँके जंगलमा रोकी राखेको बसलाई शनिबार बिहान ट्रकले ठक्कर दिँदा बसमा सवार २ र ट्रकमा सवार १ जनाको मृत्यु भएको हो। दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन्। 

झापाबाट काठमाडौँ जाँदै गरेको ना.४ ख ९७५४ नम्बरको बस बिग्रेर रोकिराखेको थियो। सोही दिशाबाट आउँदै गरेको ना ५ ख ७१२९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो।

दुर्घटनामा मृत्यु हुनेहरुमा सुलुबुलुम नगरपालिकाका २७ वर्षीय गोविन्द साउदेन, सुनसरी इटहरी उप महानगरपालिका १६ बस्न ३० वर्षीया बिनेता राई र ट्रकमा सवार पर्सा वीरगंज महा नगरपालिका १९ इनर्वाका अन्दाजी ३५ वर्षीय रहिम मिया रहेकाे प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी घाईते हुनेमा नुवाकोट बिदुर नगर पालिका वडा नं. १३ का  ३५ वर्षीय दावा तामाङ, बस चालक झापाका अर्जुन धारा नगरपालिका ६ का ३५ वर्षीय राजेन्द्र खतिवडा र बस सहचालक उदयपुर कटारी नगरपालिका १ का २२ वर्षीय दिपक अधिकारी रहेका छन्। 

तामाङको खुट्टा भाँचिएकोले उपचारको लागि काठमाडौँ पठाइएको छ। खतिवडाको टाउकोमा गम्भीर चोट लागेकोले उपचारको लागि बर्दिबास लगिएको छ। त्यसैगरी अधिकारीको खुट्टा र टाउकोमा समान्य चोट लागेको र उपचारका लागि लालबन्दी लगिएको प्रहरीले जनाएको छ।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.