संरचना एकातिर, कार्यालय अर्कैतिर

संरचना एकातिर, कार्यालय अर्कैतिर

सुर्खेत : जल तथा मौसम विज्ञान विभागले मौसमको पूर्व सूचना दिने राडार सुर्खेतमा स्थापना गरेको छ । मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतमै हुँदा पश्चिम नेपालको मौसमी अवस्थाको जानकारी लिन राडार स्थापना गरिए पनि सञ्चालन हुनेमा अन्योल देखिएको छ ।

सुर्खेतमा रहेर दुई प्रदेशको मौसमी अवस्था अनुसन्धान गर्दै आएको कार्यालय अहिले कोहलपुरमा सारिएको छ । प्रदेश ७ र कर्णालीको कार्यालय भए पनि प्रदेश ५ मा सारिएपछि संघीयतापछि पनि कर्णालीप्रति हेर्ने नजर नबदलिएको कर्णालीवासीको गुनासो छ । करोडौं लागतमा स्थापना भएको राडार सुर्खेतबाट सञ्चालन गर्ने उद्देश्य रहे पनि कोहलपुर कार्यालय सारिएपछि अन्योल भएको हो ।

मौसमी पूर्व सूचना दिने राडार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–१४ स्थित रातानाङ्ला डाँडामा विभागले स्थापना गरिसकेको छ । समग्र सेवा प्रणालीको सवलीकरण र मौसम तथा जलसम्बन्धी अवलोकन कार्य प्रणालीमा अत्याधुनिक सुविधा सम्पन्न बनाउन विश्व बैंकका सहयोगमा इन्टरप्राइज इलेक्ट्रोनिक को–अप्रेसन अमेरिकन कम्पनीले मौसमी पूर्व सूचना दिने (राडार) निर्माण गरिदिएको हो । राडार स्थापना भएको केन्द्रदेखि प्रदेश ५, कर्णाली र सुदूपश्चिम क्षेत्रको तीन सय किलोमिटर दूरीसम्मको मौसमको पूर्व अवस्थाको जानकारी दिनेछ ।

राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको बहिर्भावको स्थिति, असिना, हिउँ, चट्याङलगायत बाढीको जोखिमको पूर्वानुमान गर्नेछ । राडारको पूर्वाधार निर्माण ९९ प्रतिशत काम सम्पन्न भएको स्टक–टू काठमाडौंका प्रतिनिधि ईश्वर गिरीले जानकारी दिए । उनले कर्मचारी अभाव र सुरक्षा अभाव भएको गुनासो गरे ।

करिब १७ करोड लागतमा निर्माण गरिएको राडारले दिइरहेको मौसमी गतिविधिको जानकारी इन्टरप्राइज इलेक्ट्रोनिक को–अप्रेसन अमेरिकन कम्पनीले नै अमेरिकामा संकलन गरिरहेको छ । सुर्खेतमा रहेको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रदेश ५ को कोहलपुर सारिएपछि विभागलाई निर्माण सकिएको राडार हस्तान्तरण हुन सकेको छैन । राडार निर्माणसँगै ११ जना कर्मचारीको दरबन्दी मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयले यसअघि नै विभागमा पठाइसकेको छ ।

तर, राडारको मुख्य केन्द्र कहाँ रहने भन्ने टुंगो विभागले लगाउन सकेको छैन । करोडौं लागतमा निर्माण गरिएको राडारको प्रमुख सूचना संकलन गर्ने केन्द्र सुर्खेतमा राख्न प्रयास भइरहेको जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक डा. ऋषिराम शर्माले बताए । उनले विपद् आउनु पूर्वका सम्पूर्ण गतिविधि थाहा पाउने महँगो उपकरण स्थापना गरे पनि मन्त्रालयले यसको महŒव नबुझेको हुन सक्ने बताए ।

‘कर्णालीकै हितका लागि सुर्खेतमा कार्यालय हुन जरुरी छ, राडारले दिने सूचना छिटो रूपमा ग्रहण गर्न कोहलपुरभन्दा सुर्खेतमा कार्यालय नै बढी उपयुक्त हुन्छ’, डा. शर्माले भने, ‘राडार सुर्खेतमा निर्माण हुनु नेपालका लागि नयाँ अभ्यास हो, तर यसबाट बढी लाभ कर्णाली सरकारले लिन्छ ।’ भौगोलिक रूपमा विकट प्रदेशमा मौसमको स्पष्ट जानकारी स्थानीय स्थानबाटै प्राप्त हुँदा पूर्वतयारीलगायत कार्यमा प्रभावकारिता आउने उनको भनाइ छ ।

सरकारले कार्यालयलाई नै कोहलपुर सार्नुभन्दा नेपालकै हितका लागि बनेको राडारबाट अधिकतम लाभ लिन सुर्खेतमै कार्यालय हुन आवश्यक रहेको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राज्ञ डा. मदनलाल श्रेष्ठले बताए । मौसमसम्बन्धी सम्पूर्ण गतिविधि राडारले त दिन्छ नै !’ श्रेष्ठ भन्छन्, ‘जुम्ला र सुर्खेतमा मौसम सफा छ तर हवाई रुटको बीचको मौसम विमानस्थल टावरलाई थाहा हुँदैन, राडारले कहाँ कति बादल लागेको छ वा वर्षा के भइरहेको छ भन्ने स्पष्ट जानकारी दिन्छ ।’

यति महँगो संरचना एकातिर कार्यालय अर्कैतिर सार्नु राम्रो पक्ष नभएको उनले बताए । कर्णालीका जनप्रतिनिधिले पनि कार्यालय सारिएको प्रति असन्तुष्टि जनाएका छन् ।


*भूलसुधार यसअघि यस  समाचारमा प्रयो गभएको तस्बिर गलत परेकाले सच्चाइएको छ।, सम्पादक


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.