लेखापाल कुट्ने मेयर तारिख धाउँदै

लेखापाल कुट्ने मेयर तारिख धाउँदै

जनकपुरधाम : गत असोजमा लेखापाललाई कुटेका महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साह कानुनको फन्दामा परेका छन्।  मेयरलाई कारवाहीको माग गर्दै लेखापालले मुद्दा हालेपछि मेयर तारिख खेपिरहेका छन्।

हिसाब नदिएको झोकमा १० असोज, २०७५ मा भंगहाका मेयर साहले लेखापाल पवनकुमार अधिकारीलाई कुटपीट गरेका थिए। आर्थिक वर्ष २०७४—०७५मा गरिएको खर्चको हिसाब नदिएको आक्रोशमा मेयरले लेखालाप अधिकारीलाई कुटपिट गरेका थिए।

प्रमुख जिल्ला अधिकारी उमेश ढकालको निर्देशनमा कर्मचारी कुटपीट गर्ने मेयर विरुद्ध गत असोज १४ गते जिल्ला प्रहरी कार्यालय जलेश्वरमा उजुरी दर्ता भएको थियो। 

सार्वजनिक शान्ति कसुर अन्तर्गत बाधा विरोध शीर्षकमा मेयर विरुद्ध मुद्धा दर्ता गरेपछि पक्राउ पर्ने डरले मेयर भागेर भारत गएका थिए। 

मेयरलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गर्दा पनि उनी पक्रा पर्न सकेनन्। मेयर विरुद्ध दर्ता गरिएको मुद्धा अनुसन्धान पश्चात प्रहरीले गत मंसिर १८ गते जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो। 

पौष २० गते जिल्ला प्रशासन कार्यालयमा मेयर हाजिर भएको जिल्ला प्रशासन कार्यालय जलेश्वर महोत्तरीका मुद्धा शाखाका नायवसुब्बा राजाराम मण्डलले जनाए। लेखापाल कुटेको आरोपमा उनी विरुद्ध मुद्दा चलिरहेका छ। मेयर साहको अर्को तारिख आउँदो १० गते छ  । 

‘गल्ति गर्दा कर्मचारीलाई जनप्रतिनिधिले सचेत गराउँछन्,’ महोत्तरीको भंगहा नगरपालिका मेयर सञ्जीव साह भन्छन्, ‘जनप्रतिनिधिले जनताको काम दु्रत गतिमा गर्न खोज्छन्। कर्मचारीहरुले कानुनी अड्चन फुकाउनुको साटो अल्छाउँछन्। अनि बादविवाद कुटाकुटको अवस्थामा पुग्ने गरेको छ। ’ पाँच महिना अघि आवेशमा आएर लेखापाल पवनकुमार अधिकारीलाई आफ्नै कार्यकक्षमा झापट हान्ने मेयर साहले भने,‘ लेखापालसँग हिसाब मागेँ। उनले आल्टाल गरे। मैले सम्झाएँ पनि। उनले टेरेनन् अनि आवेश पोखियो। ’ आफूले आवेशमा आएर लेखापाल कुटेकामा मेयर साह अहिले पश्चताप गर्छन्।

लेखापालसँग  भनाभन हुँदा आक्रोशित भएर मेयर साह कुटपिटमा उत्रिएका थिए। दोषी मेयरमाथि कारवाहीको माग गर्दै महोत्तरीका लेखापालहरुले आन्दोलन गरे। पेनडाउन गरेर लेखापालहरुले कार्यालयको कामकाज बन्द मात्रै गरेनन्, मेयर विरुद्द मुद्दा हालेर कारवाहीको प्रक्रिया अघि बढाए। 

पछिल्लो समय प्रदेश—२ मा लगातार झापड प्रकरण चर्चाको विषय बनेको छ।  मेयर, राजनितिक दल र मन्त्रिले शक्तिको चरम दुरुपयोग गरेका पाइएको छ।  
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.