विद्यालयको जग्गामा ४० वर्षदेखि बसेकाे गाउँ बिस्थापित हुँदै

विद्यालयको जग्गामा ४० वर्षदेखि  बसेकाे गाउँ बिस्थापित हुँदै

बेसीशहर : लमजुङको क्होँलासोँथर–१ मा विद्यालयको जग्गामा बसेको गाउँ विस्थापित हुने भएको छ। बाग्लुङपानीमा रहेको जनज्योति आधारभूत विद्यालयको जग्गामा ४० वर्षदेखि गाउँ बस्दै आएको थियो। छाेराछाेरी पढाउन आएका १७ घरपरिवार विद्यालयको जग्गा ओगटेर बस्दै आएका थिए। यसबापत उनीहरुबाट विद्यालयले वार्षिक भाडा लिने गरेको थियो। 

पर्यटकीय घलेगाउँ जाने बाटोमा रहेको बाग्लुङपानी गाउँमा रहेका सबै घर होटलव्यवसायीका हुन्। उनीहरुलाई गाउँपालिकाको समन्वयमा अन्यत्र स्थानान्तरण गर्न लागिएको वडा अध्यक्ष पेमा गुरुङले बताए।

व्यवस्थित पूर्वाधार र संरचना भए पनि गाउँका कसैसँग लालपुर्जा छैन। उनीहरु बस्दै आएको घर र जग्गाजमिन सबै विद्यालयको नाउँमा रहेको छ। ४० वर्षसम्म बसे पनि लालपुर्जा बन्न नसकेपछि आफूहरु स्थानान्तरणको तयारीमा रहेको स्थानीय कालबहादुर गुरुङले बताए। 

‘चार दशकपछि घर सार्ने त भनिएको छ तर कहाँ कसरी सार्ने अन्योलमा छौँ’, गुरुङले भने, ‘सरकारले कुनै व्यवस्था गरिदिन्छ कि भन्ने आशा छ।’

व्यवसायिक प्रायोजनको लागि वर्षौदेखि बस्दै आए पनि हाल उनीहरुको व्यवसाय चल्न सकेको छैन। मोटरबाटो खनेपछि सबै गाडीमा ओहोरदोहोर गर्दा गाउँको होटल व्यवसाय सुकेको व्यवसायी सूर्यकुमारी गुरुङले बताईन्। ‘घरजग्गा आफ्नो नाउँमा पनि छैन। होटल पनि चल्न छाड्यो, अब गाउँ छोडर अन्तै जानुको विकल्प छैन’, सूर्यकुमारीले भनिन्।

स्थानीय शेरबहादुर तामाङले स्थानीय सरकारले आफूहरुलाई छिटोभन्दा छिटो विकल्प खोजिदिन आग्रह गरे।बस्ती स्थानान्तरणका लागि स्थानीय सरकारले पनि विकल्प खोजिरहेको गाउँपालिकाले जनाएको छ। सबै बस्तीलाई केही परको रापासि‌ङ डाँडाको सार्वजनिक जग्गामा सार्ने विषयमा छलफल भइरहेको वडा अध्यक्ष गुरुङले बताए। बस्ती स्थानान्तरण र पुनर्निमाणमा गाउँपालिकाले पनि केही सहयोग गर्ने अध्यक्ष गुरुङको भनाइ छ। 
 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.