फोटोमा हेर्नुस्, डा.केसीको समर्थनमा प्रदर्शन

फोटोमा हेर्नुस्, डा.केसीको समर्थनमा प्रदर्शन

काठमाडौं : डाक्टर गोविन्द केसीको १६ औं सत्याग्रहको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन गरिएको छ। माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँवानेश्वरमा गएर कोणसभामा परिणत भएको हो।

सरकारसँगको सम्झौता कार्यान्वायन नगरेको भन्दै डा.केसीले १० दिनअघि इलाममा अमरण अनसन सुरु गरेका थिए। डा.केसीका समर्थकहरूले सरकार र मेडिकल माफिया विरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।केसीले सम्झौता विपरीत संसदको शिक्षा तथा स्वास्थ समितिले चिकित्सा शिक्षा विधेयक संसदमा पठाएको भन्दै सत्याग्रह सुरु गरेका थिए। विग्रँदो स्वास्थ्य अवस्थालाई हेर्दै सरकारले केही दिनअघि उनलाई काठमाडौं ल्याइएको हो।

डा. केसीले सरकार इमान्दार नभएकोले सोह्रौ सत्याग्रह बस्नु परेको बताउँदै आएका छन्। उनले माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वायन गर्ने सहमति भए पनि यसमा निश्चित निजी मेडिकल कलेजमा नेताहरुको लगानी रहेकाले उनीहरुको पक्षमा काम गरेको बताएका छन्। 

हेर्नुस्, प्रदर्शनका फोटोहरू :


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.