वुमन्स टिट्‍वेन्टी क्रिकेट : नेपाल फाइनलमा पराजित

वुमन्स टिट्‍वेन्टी क्रिकेट : नेपाल फाइनलमा पराजित

काठमाडौं : नेपाल थाइल्यान्डमा जारी वुमन्स टीट्वेन्टी स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा पराजित भएको छ। थाइल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १७.२ ओभरमा अल आउट भएको हो। 

नेपालले १७ ओभर खेल्दा ५१ रनमात्र जोड्न सक्यो। नेपालका लागि सर्वाधिक १३ रन सीता रानाले बनाइन भने नेरी थापाले ११ रन बनाइन। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्। 

शुक्रबार भएको सेमिफाइनल खेलमा इन्डोनेसियालाई ९२ रनको भारी अन्तरले पराजित गर्दै नेपाल पाइलमा प्रवेश गरेको थियो। 

टस हारेर ब्याटिङ गरेको घरेलु टोली थाइल्यान्डले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको थियो। घरेलु टोलीका लागि नाथचन चनथमले सर्वाधिक ६९ रन बनाइन्। यस्तै नरुमोल चवाइले २७ र चानिदा सुथिरङले नटआउट १९ रन बनाइन्। 

थाइल्याण्ड अपराजित रहँदै फाइनलमा पुगेको हो। सेमिफाइनलमा थाइल्याण्डले युएईलाई हराएर नेपालसँगको भेट पक्का गरेको थियो।   झन्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपाली टोलीले आफूलाई अपराजित राख्दै फाइनलसम्मको यात्रा तय गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.