हात्तीले कुल्चिदा एक महिलाको मृत्यु

हात्तीले कुल्चिदा एक महिलाको मृत्यु

राजविराज : जंगली हात्तीले घर भत्काउन थालेपछि भाग्न लाग्दा सप्तरीमा एक महिलाको ज्यान गएको छ।  कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको हात्तीले सप्तरीको कञ्चनरुप नगरपालिका-११ बस्ने कौशल्यादेवी मण्डलको टाउकोमा कुल्चिदा शनिबार उनको मृत्यु भएको हो।

जंगली हात्तीले आक्रमण गरेको हल्ला सुनेर टर्च बाल्दै भागेकी नन्दकिशोर मण्डलको श्रीमति कौशल्यादेवीलाई हात्तीले लखेटेर कुल्चिएको स्थानीय वासीले बताएका छन्। इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतिक विष्टका अनुसार बिहान २ बजे गाउँ पसेको हात्तीले उनको टाउकोमा किचेपछि तत्कालै मृत्यु भएको हो।

हात्तीले आक्रमण गरेको जानकारीपछि गाउँ पुगेको प्रहरीले कौशल्यालाई मृत अवस्थामा फेला पारेको उनले बताए। गाउँ पसेको उक्त हात्तीलाई स्थानीयले भने लखेटेका छन्। शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको छ। मृतकका दुई छोरा र एक छोरी छन्।

सप्तरीमा पछिल्लो समय जंगली हात्तीको आतंक बढेपछि स्थानीयवासी त्रसित जीवन बिताइरहेका छन्। कोशी टप्पु वन्यजन्तु आरक्षका हात्ती, अर्ना, बँदेल लगायतका वन्यजन्तुले उत्तर–पूर्वी भेगस्थित भारदह, कञ्चनपुर, फत्तेपुर, ओद्राहा, कमलपुर, धरमपुर, घोघनपुर, जगतपुर, रुपनगर, पोर्ताहा, बरमझिया, वैरवा, हनुमाननगर, जोगिनिया, ठेलिया, महुलीलगायत ठाउँका जनता पीडित हुँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.