आर्मीले जित्यो विशाल गोल्डकपको उपाधि

आर्मीले जित्यो विशाल गोल्डकपको उपाधि

वीरगन्ज : दोस्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। नारायणी रंगशालामा शनिबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा २१ ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो।

निर्धारित ९० मिनेटको समयमा दुबै टिमले एकएक गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा समेत बराबरी भएपछि खेलको अन्तिम निर्णय सडन डेथबाट गरिएको हो।

जितमा आर्मीका गोलरक्षकर विकेश कुथु नायक सावित भए। उनले सडन डेथमा हिमालयन शेर्पाका आशीष गुरुङले प्रहार गरेको बल रोकेका थिए। उनले उत्कृष्ट बचाउसँगै एक गोल समेत गरेका थिए। अर्को गोल टेकबहादुर बुढाथोकीले गरे। शेर्पाका लागि एक मात्र गोल बिसन गुरुङले गरे।

जितसँगै आर्मीले नगद ५ लाख ५५ हजार ५ सय र ट्रफी हात पारेको छ । उपविजेतामा चित्त बुझाएको हिमालयन शेर्पाले भने नगद २ लाख ७७ हजार ७ सय हात पार्‍यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हिमालयन शेर्पाका स्ट्राइकर विश्वास श्रेष्ठ घोषित भए। प्रतियोगितामा चार गोल गर्न सफल उनलाइ  सुजी कम्पनीको एक सय ५५ सिसिको जिक्सर मोटरसाइकल प्रदान गरिएको छ।

प्रतियोगिताको समापन समारोहमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले विजेता र उपविजेता टिमका खेलाडीहरुलाइ ट्रफी र मेडल प्रदान गरेका हुन्। वीरगन्जका पूर्व राष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणको स्मृतिमा विशाल मेमोरियल फाउण्डेशनले पुष २८ गते देखि आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरि कुल आठ टिमको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.