मधेस आन्दोलनका सहिद परिवारलाई रोजगारी-पत्र

मधेस आन्दोलनका सहिद परिवारलाई रोजगारी-पत्र

सिरहा : तीन चरणको मधेस आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई प्रदेश सरकारले रोजगारी-पत्र दिएको छ। 

सिरहाको लहानमा शनिबार प्रदेश सरकारको आयोजनामा भएको १२ औँ बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकारले ४६ सहिद परिवारलाई रोजगारी-पत्र र ७७ घाइतेलाई राहत स्वरुप आर्थिक सहायता दिएको हो। कार्यक्रममा सहिद परिवार र घाइतेलाई सम्मानसमेत गरिएको छ।

पत्रमा प्रदेश सरकारले ‘एक परिवार एक रोजगार’ कार्यक्रम लागेको सन्दर्भमा सहिद परिवारलाई मुख्यमन्त्री कार्यालयमा सम्पर्क गर्न भनेका छन्। प्रदेश सरकारबाट यसअघि १२ सहिद परिवार २२ जना घाइतेले सुविधा पाइसकेका छन्। 

गत वर्ष फोरम-राजपाको प्रदेश २ मा सरकार गठन भएपछि मन्त्री परिषद्को पहिलो बैठकले मधेस आन्दोलनमा सहिद भएका परिवारमध्ये एकजनालाई रोजगार दिने निर्णय गरेको थियो। त्यो निर्णय ११ महिनापछि कार्यान्वयन गरेका छन्। 

मधेस आन्दोलनका ७७ घाइतेलाई २५ हजारदेखि ३ लाखसम्मको आर्थिक सहायता दिएका छन्। कार्यक्रममा घाइते भएका केही व्यक्तिको नाम समावेश नभएको कुरा उठ्दा यसपटक छुट भएका घाइतेलाई पछि आर्थिक सहायता प्रदान गरिने मुख्यमन्त्री राउतले बताए। 

मुख्यमन्त्री कार्यालयबाट केहीदिन अघि प्रत्येक जिल्लामा टोली खटाई मधेस आन्दोलनमा घाइतेका भएका व्यक्तिको विवरण संकलन गरेका थिए।

प्रदेश सरकारले गरेको पहिलो निर्णय कार्यान्वयन गरिरहेको भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले बताए। सहिद र घाइतेलाई अरु सहुलियत पनि प्रदान गरिने मन्त्री सोनलको भनाइ छ। 

‘अपना शासन, अपना प्रशासन’ स्थापित गर्न प्रदेश सरकार अगाडि बढिरहेको मुख्यमन्त्री राउतले बताए। वेरोजगार युवालाई रोजगारी प्रदान गर्नका लागि प्रदेश प्रहरी गठन हुने उनले बताए।

संघीयता कमजोर पार्ने षडयन्त्र भइरहेको उनको भनाइ छ। ‘प्रदेश सरकारलाई विकास युनिट बनाउन खोज्यो,’ उनले भने,‘पञ्चायत काल भन्दा बढी अधिकार सिडियोलाई दिइएको छ। हामी विकास युनिटमा बस्न सक्दैनौँ।’ 

मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको बुबा रवि महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलगायत प्रदेश २ मुख्यमन्त्री राउत, भौतिक पूर्वाधार मन्त्री सोनल, कृषि मन्त्री शैलेन्द्र साह, समाजिक विकास मन्त्री, नवलकिशोर साह, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, राज्यमन्त्री सुरेश मण्डल, अविराम शर्मा, सरोज सिंह कुशवाहा र योगेन्द्र यादवको उपस्थिती थियो। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.