दोस्रो सभामुख कप महिला भलिबलमा एपीएफ च्याम्पियन
पोखरा : पोखरामा सम्पन्न दोस्रो सभामुख कप महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लवले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको छ।
पोखरा रंगशालाको भलिबल कोटमा सम्पन्न प्रतिस्पर्धामा चिरपरिचित नेपाल पुलिस क्लबलाई २५–८, १८ –२५, २५–१७, २५–१७ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो। जित संगै एपीएफ क्लबले ३ लाख ५० हजार रुपौयाँको साथै ट्रफि, मेडल र प्रमाण पत्र पाएको छ। उपविजेतामा चित्त बुझाएको नेपाल पुलिस क्लबले १ लाख ७५ हजार रुपौयाँ पाएको छ।
एपीएफ क्लव यस अघि रोल्पाको लिवाङमा भएको प्रथम सभामुख कप राष्ट्रिय महिला भलिबलको फाइनलमा पुलिस क्लवलाई नै पराजित गर्दै च्याम्पियन बनेको थियो। एपीएफको यो जित संगै २०७५ सालमा भएका ८ मध्ये ७ प्रतियोगिताको च्याम्पियन भयो। एउटा प्रतियोगितामा भने उपविजेता बनेको थियो।
चौथो स्थानकालागि भएको खेलमा प्रदेश नं ३ ले गण्डकी प्रदेशलाई ३–१ को सेटमा उसैको मैदानमा पराजित गर्दै तेश्रो स्थान हासिल गरेको छ। खेलमा पहिलो सेटमा २५–१४ ले आफ्ना पक्षमा पारेको प्रदेश नं ३ ले दोश्रो सेट भने २१–२५ ले गुमाएको थियो। तेश्रो र चौथो सेटमा सहज जित निकाल्दै प्रदेश नं ३ ले तेश्रो स्थान हता पा¥यो। तेश्रो स्थान हात पारेको प्रदेश नं ३ ले नगद १ लाख र चौथो हुने गण्डकी प्रदेशले ५० हजारमा चित्त बुझायो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि एपिएफकी सरस्वती चौधरी घोषित भइन। उनले नगद १० हजार प्राप्त गरिन। यस्तै गरि प्रतियोगिताको उत्कृष्ट ब्लकर एपिएफकी लिला केसी, उत्कृष्ट स्पाइकर प्रदेश ३ की प्रतिभा माली, उत्कृष्ट सर्भर गण्डकी प्रदेशकी अरुणा शाहि, उत्कृष्ट सेटर पुलिसकी कमला पुन, उत्कृष्ट लिब्रो पुलिसकी शान्ति तामाङ र उत्कृष्ट प्रशिक्षक एफिएफका ज्ञानेन्द्र विष्ट घोषित हुदैँ समान पाँच–पाँच हजार रुपैया प्राप्त गरे।
विजेता टिम तथा खेलाडीलाई गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मंन्त्री किरण गुरुङ, नेपाल भलिबल संघका महासचिब जितेन्द्र बहादुर चन्द लगायतले पुरस्कार प्रदान गरेका थिए। माघ १ गते देखि राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको संयोजनमा भएको प्रतियोगितामा सबै ७ प्रदेश र तिन विभागिय टोली सहित १० टिमको सहभागिता रहेको थियो।