एमबाप्पे र काभानीले ह्याट्रिक गर्दा नेमारको दुई गोल

एमबाप्पे र काभानीले ह्याट्रिक गर्दा नेमारको दुई गोल

पेरिस : फ्रेन्च लिग फुटबलको शनिबार राति खेलिएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गुइनग्याम्पको पोष्टमा गोल वर्षा गरेको छ । ‘लिग लिडर’ पीएसजीले घरेलु मैदानमा खेलिएको खेलमा गुइनग्याम्पलाई ९—० गोलले हरायो ।

पीएसजीका लागि केलियन एमबाप्पे र एडिन्सन काभानीले ह्याट्रिक गरे । ब्राजिलियन स्टार नेमारले पनि दुई गोल थपे भने अर्को एक गोल थोमस मुनियरले गरे । फ्रेन्च लिगमा पीएसजीको यो सबैभन्दा ठूलो अन्तरको जित हो । गत वर्ष पीएसजीले डिजनलाई ८—० गोलले हराएको थियो ।

फ्रेन्च कप फुटबलमा १० दिनअघि मात्र गुइनग्याम्पले पीएसजीलाई २—१ गोलले हराएको थियो । उक्त खेलमा विजयी हुँदै गुइनग्याम्प फ्रेन्च कपको सेमिफाइनलमा पुगेको थियो । शनिबार रातिको एकपक्षीय खेल सुरु भएको ११औं मिनेटमै नेमारले पहिलो गोल गरे ।

यसैगरी ३७औं मिनेटमा एमबाप्पेले अग्रता दोब्बर बनाए । पहिलो हाफको खेल सकिनुभन्दा ठिकअघि एमबाप्पेले टोलीका लागि तेस्रो गोल गरे । ५९औं मिनेटमा काभानीले चौथो गोल थपे भने ६६औं मिनेटमा काभानीले नै अर्को गोल गरे ।

खेलको ६८औं मिनेटमा नेमारले ब्यक्तिगत रुपमा दोस्रो गोल गरे भने ७५औं मिनेटमा काभानीले ह्याट्रिक पूरा गरे । ८०औं मिनेटमा आकर्षक गोल गर्दै एमबाप्पेले पनि आफ्नो ह्याट्रिक पूरा गरे । ८३औं मिनेटमा थोमसले टोलीका लागि नवौं गोल गरेका थिए ।

हालसम्म १९ खेल खेलेको पीएसजी ५३ अंकसहित तालिकाको पहिलो स्थानमा छ । २१ खेलबाट ४० अंक बटुलेको लिली दोस्रो र २० खेलबाट ३६ अंक हात पारेको सेन्ट एटिन तेस्रो स्थानमा छन् । गुइनग्याम्प भने २१ खेलबाट केवल १४ अंक जोड्दै तालिकाको २०औं स्थानमा आसिन छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.