मुआव्जाको माग गर्दै नुवाकोट बन्द

मुआव्जाको माग गर्दै नुवाकोट बन्द

नुवाकोट : सडक आयोजना निर्माण गर्दा मुआव्जा दिनुपर्ने माग गर्दै नुवाकोटमा आइतबार बन्द गरिएको छ। निर्माणाधिन सडक आयोजनाले मुआव्जा नदिइ काम थालेको विरोधमा नुवाकोटवासीले बन्द गरेका हुन्।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु-रसुवागढी सडक आयोजनाअन्तर्गत नुवाकोटको विदुर नगरपालिका- ५ पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितको समूह सडक प्रभावित सरोकार समितिले आफूलाई आयोजनाले मुआब्जा नदिएको जनाउँदै आइतबार नुवाकोट बन्द गरेका हुन्।

बन्दले नुवाकोट र रसुवाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण सार्वजनिक यातायात पूर्णरुपमा ठप्प भएका छन् । बन्दको कारण पासाङ ल्हामु मार्गको त्रिशूली-काठमाडौ, त्रिशूली-वेत्रावति, त्रिशूली-देवीघाट-गल्छी तथा त्रिशूली-छहरे-काठमाडौ सडकमार्गमा यातायातका साधन गुडेका छैनन्। 

बन्दका कारण यातायात, शिक्षण संस्था, उद्योग, व्यापारिक स्थल बन्द छन्। बन्दकर्ताले सडक चोकचोकमा बसेर यातायात संचालनमा रोक लगाएका छन्। मुआव्जाको विषयमा सरकारले सकारात्मक वातावरण सिर्जना नगरेसम्म संघर्षका कार्यक्रम जारी रहने बन्दकर्ताको भनाई छ। 

समितिका संयोजक लीलानाथ न्यौपानेले निर्माणाधिन सडक आायोजनाका कारण स्थानीयवासी सुकुम्बासी बन्न लागेकोले सरकार र सडक आयोजनालाई घचघचाउन जिल्ला बन्द गरिएको वताए।

बन्दको समयमा सबै सरकारी, निजी तथा विद्यालय, यातायात, सरकारी कार्यालय र पसल बन्द गरी सहयोग गर्न सबैलाई आह्वान गरिएको बताए। बन्दको समयमा बिरामी बोकेका एम्बुलेन्स, दूध बोकेका गाडी, सुरक्षाकर्मी, पत्रकार तथा अत्याआवश्यक सवारीसाधन भने चल्न दिइको छ। संघर्ष समितिका सदस्य गीता अमात्यले आइतबार बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म नुवाकोट बन्द गरिएको बताइन्। 

समितिको बन्दलाई यसअघि एकेवद्धता जनाउँदै एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादीका) केन्द्रीय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आफ्नो व्यक्तिगत सम्पति सरकारले कुनैपनि हालतमा लिन नसक्ने भन्दै पीडितले मुअब्जा पाउनुपर्ने बताइसकेका छन्। त्यस्तै संघर्ष समितिको मागप्रति नेकपा नुवाकोट र नेपाली कांग्रेसका जिल्ला नेतृत्वले यसअघिनै सहमति जनाइसकेका छन्।

सडक आयोजनाले ओगट्ने सडक क्षेत्रमा स्थानीयवासीको जग्गा परेको र सो जग्गाको मुआव्जा नदिएसम्म आन्दोलन जारी रहने स्थानीयवासीको भनाई छ।सडक आयोजनले भने २०३४ सालको राजपत्रमा पासाङल्हामु मार्गको बालाजु-ककनी-त्रिशूली सडकखण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने बताउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.