जनकपुरस्थित विद्युत प्रधिकरणको कार्यालय घेराउ

जनकपुरस्थित विद्युत प्रधिकरणको कार्यालय घेराउ

जनकपुरधाम : स्थानीय बासिन्दाले नेपाल विद्युत प्रधिकरण जनकपुर वितरण केन्द्रकाे कार्यालय घेराउ गरेका छन्। करेन्ट लागेर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि प्राधिकरण कर्मचारीकाे लापर्वाहीले घटना घटेको भन्दै आइतबार स्थानीयले कार्यालय घेराउ गरेका हुन्।

स्थानीयले ब्रम्हदेव यादवका अनुसार तीनदिन देखि विजुलीको तार सट भइरहे पनि प्राधिकरणका कर्मचारीले त्यसलाई  बेवास्ता गरिरहेका थिए। पटक-पटक विजुलीको तार सट भएको सूचना दिँदा पनि प्रधिकरणले त्यसतर्फ चासो नदिँदा घटना घटेको यादवले बताए।

स्थानीय दिनेशकुमार महतोका अनुसार लापर्वाही गर्ने कर्मचारीलाई कारवाही, घटनाको उचित क्षतिपूर्ति, मृतककी श्रीमतीलाई रोजगारी, बच्चालाई निशुल्क पढाई र बिग्रिएको तारको मर्मत लगायतका माग पीडित पक्षले राखेका छन्।

शनिबार खेततिर जाने धुलाम्य सडकमा चिप्लिएर मोटरसाइकलमा सवार धनुषाको मिथिला विहारी नगरपालिकाका-३ का २८ वर्षीय प्रमेश्वर मण्डल नजिकैको बिजुलीको पोलमा उछिटिएर पुगेका थिए। घाइते भएका उनलाई ११ हजार भोल्टेजको करेन्ट लागेको थियो। घाइते भएका उनलाई बचाउन गएका सिरहाको विष्णपुरा गाउँपालिका-४ का करिब ३२ वर्षीय जगरनाथ साह पनि करेन्ट लागेको थियो। उनी त्यही बेहोस भएका थिए। उनीहरु दुवैजनाको घटनास्थलमै मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.